नागरिकता विधेयक पारित भएको खुसीमा माइतिघरमा द्वीप प्रज्ज्वलन गरिएको छ।
नागरिकता प्राप्तिको लागि लामो समयदेखि संघर्षरत नागरिकताविहीन संघर्ष समितिको नेतृत्वमा द्वीप प्रज्ज्वलन भएको हो।
कानुनको अभावमा नेपाली नागरिकता प्राप्त गर्न नसकेका थुप्रै युवाले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतलाई धन्यवाद ज्ञापन गर्दै मैनबत्ती बालेका थिए।