१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १५ सोमबार
  • Monday, 23 September, 2024
२o८o जेठ १५ सोमबार ११:३४:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

स्नायु प्रणाली स्वस्थ राख्न कस्तो जीवनशैली अपनाउने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ १५ सोमबार ११:३४:oo

स्नायु प्रणाली मानिसको ठूलो सम्पत्ति हो । यसले हाम्रा सबै काम, व्यवहार र सोचको सञ्चालन र नियन्त्रण गर्छ । स्नायु ठीक हुँदा हाम्रो दैनिकी पनि ठीकठाक चलिरहेको हुन्छ । कतिपय अवस्थामा मस्तिष्कमा रहेका धमनी फुटेर रक्तश्राव हुनु वा रगत जमेर रक्तनली बन्द भएर पोषक तत्व र अक्सिजन आपूर्ति रोकिँदा स्नायु तन्तु मर्छ, जसलाई मस्तिष्कघात भन्ने बुझिन्छ । यो मस्तिष्कको कार्यक्षमतामा अचानक आउने ह्रास हो, जसले अधिकांशमा पक्षाघात निम्त्याउँछ ।

के गर्ने ?
स्नायु ठीक राख्न रहनसहनमा पनि ध्यान दिनु जरुरी छ । सन्तुलित आहार तथा स्वस्थ जीवनशैली अपनाउन जरुरी हुन्छ । धेरै तनाव लिनुहुँदैन । शारीरिक अभ्यास पनि महत्वपूर्ण हुन्छ । समयमा सुत्ने÷उठ्ने गर्नुपर्छ । धेरै गुलियो, पिरो, अमिलो खानेकुरा खानुहुँदैन ।

उच्च रक्तचाप हुन नदिने हो भने न्युरोसम्बन्धी भैपरी आउने समस्याबाट जोगिन सकिन्छ । ५० वर्षमाथि उमेरका मानिसले नियमित मधुमेह, कोलेस्ट्रोल, रक्तचाप जाँच गराउनुपर्छ । मुटुरोग भएका व्यक्तिमा मस्तिष्कघात हुने जोखिम रहन्छ । त्यसैले मुटुरोगीले नियमित औषधि खाने वा उपचार गर्नुपर्छ । मोटोपन भएका व्यक्तिले व्यायाम, योगलगायत अभ्यास गरेर तौल घटाउने प्रयास गर्नुपर्छ । जोखिम देखिएमा औषधि सेवन गर्नुपर्छ । मदिरा सेवन तथा धूम्रपान गर्नुहुँदैन ।