चालू आर्थिक वर्षको फागुनसम्म खुद प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) ९२.८ प्रतिशतले घटेको छ। सरकारले आइतबार सार्वजनिक गरेको ‘आर्थिक सर्वेक्षण ०७९/८०’ले यस्तो देखाएको हो।
यस अवधिमा १ अर्ब १७ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको छ। जब कि गत आवको यसै अवधिमा यस्तो लगानी १६ अर्ब ३० करोड रुपैयाँ भित्रिएको थियो।
कोभिड महामारी र त्यसपछि निम्तिएको विश्व आर्थिक मन्दीका कारण विदेशी लगानी आप्रवाह पनि प्रभावित भएको छ।