मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १३ शनिबार
  • Thursday, 23 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ १३ शनिबार १७:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘पशुपतिनाथको जलहरी प्रकरणमा ओलीलाई जोडेर संसदमा अभिव्यक्ति दिनु उचित होइन’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १३ शनिबार १७:४९:oo

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथको जलहरी प्रकरणमा प्रमुख प्रतिपक्ष दलका नेता केपी ओलीलाई जोडेर संसदमा अभिव्यक्ति दिनु उचित नभएको बताएका छन्।

पार्टीका सांसद लेखनाथ दाहालले सो प्रकरणबारे ओलीलाई जोडेर संसदमा दिएको अभिव्यक्ति उचित नभएको प्रधानमन्त्री दाहालको स्विकारोक्ति थियो। शनिबार प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरूले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले त्यसबारे जवाफ दिन प्रधानमन्त्री दाहाललाई समय दिएका थिए।

प्रधानमन्त्रीले सो प्रकरणबारे पार्टीका सांसद दाहालले बोलेको कुरा संसद्का रेकर्डबाट हटाउन सकिने प्रचलन रहेको पनि स्मरण गराए। उनले सो प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको र स्वतन्त्र तथा निष्पक्ष छानबिन हुने आश्वासन दिए।

‘यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वतन्त्र एवं निष्पक्ष छानबिन गर्ने नै छ। यसमा सरकारको सहयोग रहनेछ। पशुपति विकास कोषसँग सम्बन्धित पशुपतिनाथको जलहरीसम्बन्धी विषयमा प्रमुख प्रतिपक्षको नेतालाई जोडेर सम्मानित सदनमा विचार व्यक्त हुनु उचित होइन। यस्ता विषय संसद्को रेकर्डबाट हटाउने प्रचलन पनि रहेकै छ।’

छुटाउनुभयो की ?