१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ ७ आइतबार ११:५१:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइपिएलमा सर्वाधिक शतक बनाउने खेलाडी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ ७ आइतबार ११:५१:००

१६औँ इन्डियन प्रिमियर लिग (आइपिएल)को चालू सिजनमा आठ ब्याट्सम्यानले शतकीय इनिङ्स खेलेका छन् । बेंग्लोरका विराट कोहलीले बिहीबार कीर्तिमानी रूपमा शतकीय इनिङ्स खेले । उनले सनराइजर्स हैदराबादविरुद्ध शतक बनाएका थिए । कोहलीले आइपिएलमा एक हजार चार सय ८९ दिनपछि शतक लगाएका हुन् । सन् २०१६ सिजनपछि उनको ब्याटबाट निस्केको शतक हैदराबादविरुद्ध नै थियो । सात वर्षअघिको सिजनमा उनले कीर्तिमानी रूपमा चार शतक लगाएका थिए । चालू आइपिएलमा हैदराबादका हेरी ब्रुक, गुजरातका सुभमन गिल, राजस्थानका यशस्वी जसैवाल, मुम्बईका सूर्यकुमार यादव, कोलकाताका बेंकटेस आयर, पन्जाबका प्रभसिमरन सिंहले शतकीय इनिङ्स खेलेका छन् । यसमध्ये सबैभन्दा कम बलमा शतक लगाउने ब्याट्सम्यान मुम्बईका सूर्यकुमार हुन् । उनले गुजरातविरुद्धको महत्वपूर्ण खेलमा केवल ४९ बलमै शतक लगाए । आइपिएलको इतिहासमा वेस्ट इन्डिजका बायाँहाते ब्याट्सम्यान क्रिस खेल र कोहलीको नाममा समान सर्वाधिक ६ शतक रहेका छन् । 

क्रिस गेल (६)
खेल १४२, इनिङ्स १४१, अर्धशतक ३१, रन ४९६५

टी–२० क्रिकेट फम्र्याटमा वेस्ट इन्डिजका गेललाई बादशाह नै मान्छन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा गरिसकेका गेलले आफ्नो समयमा मैदानको चारैतिर ब्याट घुमाए । उनले कुनै पनि बलरविरुद्ध चौका वा छक्का प्रहार नगरेको भन्ने छैन । उनी क्रिजमा हुँदा विपक्षी बलर डराउँथे । अझ इन्डियन प्रिमियर लिग हुनुपर्छ । गेलले यसमा रेकर्डमाथि रेकर्ड राखेका छन् । आइपिएलमा गेलको नाममा रहेको सर्वाधिक शतक कोहलीले बराबरी गरेका छन् । कोहलीले सनराइजर्स हैदराबादविरुद्ध शतकीय इनिङ खेल्दै गेलको रेकर्ड बराबरी गरे । गेलले आइपिएलमा एक सय ४२ खेलमा ३१ अर्धशतक पनि बनाएका छन् । उनले सर्वाधिक तीन सय ५७ चौकाको सहयोगमा चार हजार नौ सय ६५ रन आइपिएलमा जोडेका छन् । आइपिएलमा गेलको उच्चतम स्कोर एक सय ७५ रन हो । 

विराट कोहली (६)
खेल २३६, इनिङ्स २२८, अर्धशतक ५०, रन ७१६२

रोयल च्यालेन्जर्स बेंग्लोरका म्याच विनर खेलाडी कोहली नै हुन् । लगभग बेंग्लोरमा आइपिएल करिअर समाप्त पार्न कोसिस गरिरहेका कोहलीले गेलको सर्वाधिक शतक बराबरी गर्न छक्का प्रहार गरेका थिए । कोहलीले ६३ बलमा शतकीय इनिङ्स खेलेका थिए । आइपिएलमा कोहलीले ५० अर्धशतकीय लगाएका छन् । उत्कृष्ट फर्ममा रहँदा उनलाई रोक्न गाह्रो छ । चालू आइपिएलमा बेंग्लोरको प्ले अफ आशा जीवितै राख्नेक्रममा कोहलीले शतक लगाए । खेलमा म्यान अफ दी म्याचसमेत भएका कोहलीले आइपिएल करिअरमा सात हजार एक सय ६२ रन जोडेका छन् । आइपिएलमा धेरै रन बनाउनेमा उनी पर्छन् । उनको सर्वाधिक व्यक्तिगत स्कोर एक सय १३ रन हो । रमाइलो पक्ष के छ भने कोहलीले सबै ६ शतक बेंग्लोरबाट खेल्दै पूरा गरे । 

जोस बटलर (५)
खेल ९६, इनिङ्स ९५, अर्धशतक १९, रन ३२२३

इंग्ल्यान्डका ब्याट्सम्यान जोस बटलरले आइपिएल खेलेको धेरै भएको छैन । तर, यसक्रममा आइपिएलकै एक विस्फोटक ब्याट्सम्यान बनेका छन् । आइपिएलमा बटलर धेरै शतक बनाउने सूचीको तेस्रो स्थानमा पर्छन् । यसअघि कोहली र बटलर समान पाँच शतकका साथ दोस्रो स्थानमा थिए । तर, बिहीबारको कोहलीको इनिङ्सपछि बटलर तेस्रो स्थानमा झरेका छन् । बटलरले आइपिएलमा केवल ९५ खेलमा पाँच शतकीय इनिङ्स खेलेका हुन् । उनले ९४ इनिङ्समा तीन हजार दुई सय २३ रन बनाएका छन् । आइपिएलमा उनको सर्वाधिक रन एक सय २४ हो । राजस्थान रोयल्सका खेलाडी बटलरले आइपिएलमा १९ अर्धशतकीय इनिङ्स खेलेका छन् । 

लोकेश राहुल (४)
खेल ११८, इनिङ्स १०९, अर्धशतक ३३, रन ४१६३

भारतीय ब्याट्सम्यान लोकेश राहुल लखनउमा आबद्ध छन् । चालू सिजनमा लोकेशको ब्याटिङ त्यति चलेको छैन । तर, उनी फर्ममा रहँदा विपक्षी बलर सोच्न बाध्य हुन्छन् । आइपिएलमा तीनजना ब्याट्सम्यानले समान चार शतक लगाएका छन् । जसमा लोकेश पनि एक हुन् । उनले एक सय १८ खेलमा एक सय नौ इनिङ्समा यो सफलता चुमेका हुन् । आइपिएलमा व्यक्तिगत एक सय ३३ सर्वाधिक रन जोडेका लोकेशले ३३ पटक अर्धशतक बनाएका छन् । आइपिएल करिअरमा उनले अहिलेसम्म चार हजार एक सय ६३ रन बटुलेका छन् । आइपिएलमा धेरै चौका प्रहार गर्ने खेलाडीमा उनी १४औँ स्थानमा छन् । उनले तीन सय ५५ पटक बललाई बाउन्ड्री कटाएका छन् । आइपिएलमा उनको स्ट्राइक रेट एक सय ३४ हो ।  

डेभिड वार्नर (४)
खेल १७६, इनिङ्स १७६, अर्धशतक ६१, रन ६३९७

दिल्ली क्यापिटल्सका कप्तान वार्नर निरन्तर रूपमा आइपिएलमा छन् । आइपिएलमा एकनासको प्रदर्शन गर्ने खेलाडीमा वार्नर एक हुन् । अस्ट्रेलियन बायाँहाते ब्याट्सम्यान वार्नरले आइपिएलमा चार शतक लगाएका छन् । वार्नरले चालू आइपिएलमा पन्जाबविरुद्ध एक कीर्तिमानसमेत राखे । उनले पन्जाबविरुद्ध समग्रमा एक हजार एक सय पाँच रन बटुले । आइपिएल करिअरको एक सय ७५ खेल खेलेका वार्नरले कीर्तिमानी रूपमा ६१ पटक अर्धशतकीय इनिङ्स खेलेका छन् । उनले आइपिएलमा सर्वाधिक चौका लगाउने खेलाडीको सूचीमा उनी दोस्रो स्थानमा छन् । उनले ६ सय ४६ चौका ठोकेका छन् । साथै, उनले दुई सय २६ पटक बललाई छक्काका रूपमा प्रहार गरे । आइपिएलमा उनको व्यक्तिगत सर्वाधिक रन एक सय २६ हो ।