१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०८० जेठ ३ बुधबार १६:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दाेलखाकाे चरणावती त्रिवेणीधाममा श्रीमद देवीभागवत नवाह ज्ञान महायज्ञ हुने

Read Time : < 1 मिनेट
२०८० जेठ ३ बुधबार १६:३१:००

ऐतिहासिक महत्व बोकेको दोलखास्थित चरणावती त्रिवेणीधाममा श्रीमद देवीभागवत नवाह ज्ञान महायज्ञ हुने भएको छ।

उक्त धामलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गरी मुलुकको समृद्धिमा समेत योगदान पुर्‍याउने उद्देश्यले उक्त महायज्ञ गर्न लागिएको बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयाेजक कमिटीले जानकारी गराएकाे छ।

महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक एवम् वरिष्ठ कलाकार मदनदास श्रेष्ठले यही जेठ ७ गतेदेखि १५ गतेसम्म आयोजना हुने महायज्ञको उद्घाटन संस्कृतिविद् प्राध्यापक डाक्टर जगमान गुरूङले गर्ने बताए।

महायज्ञको पुराण कथा बाचन भने प्राध्यापक डाक्टर कान्ता भट्टराईले गर्नेछन्। महायज्ञका पाहुनाहरूलाई सो धाम नजिकै रहेको ज्येष्ठ नागरिक भवनमा बसोबासको व्यवस्था गरिने सो महायज्ञ मूल समारोह समितिका सदस्य सोभित उप्रेतीले बताए।