१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ३ बुधबार
  • Friday, 09 May, 2025
२o८o जेठ ३ बुधबार २१:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्लाहीका घनबहादुर भारतको कोलकातामा अलपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ ३ बुधबार २१:२७:oo

भारतको कोलकातामा नेपाल घर बताउने एक वृद्ध अलपत्र अवस्थामा भेटिएका छन् । सर्लाहीको लालबन्दी घर बताउने ६५,६६ वर्षीयजस्तो देखिने वृद्ध कोलकातादेखि करिब १५० किलोमिटरको दूरीमा रहेको सुन्दरवन क्षेत्रमा भेटिएका हुन् । उनले आफ्नो नाम घनबहादुर वाइबा बताउने गरेका छन् ।

शारीरिक अवस्था कमजोर देखिने ती वृद्ध कोलकाताको सडकमा अलपत्र अवस्थामा भेटिएको वेस्ट बंगाल रेडियो क्लबको ह्यामका सचिव अम्बरिस नाग विश्वासले जानकारी दिए । 

अहिले उनी वेस्ट बंगाल रेडियो क्लबको प्रतिनिधिको संरक्षणमा रहेको उनले बताए । ‘अहिले हाम्रो संरक्षणमा हुनुहुन्छ,’ विश्वासले नयाँ पत्रिकासँग भने, ‘नेपालमा आफन्त खोजिदिन हाम्रो आग्रह छ ।’ 

नयाँ पत्रिकालाई प्राप्त भिडियोअनुसार वाइबाले आफ्नो घर सर्लाही लालबन्दीस्थित लालभित्ती बताएका छन् । उनी राम्रोसँग हिन्दी बोल्न नसक्ने भिडियोमा देखिन्छ । 

विश्वासले उनको बारेमा कोलकातास्थित नेपाली महावाणिज्यदूतलाई जानकारी गराइसकेको जानकारी दिए । कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलले ती व्यक्तिबारे जानकारी लिने काम भइरहेको जानकारी दिए । 

‘नेपालको ठेगाना र आफन्त पत्ता लगाउने काम पनि भइरहेको छ,’ उनले भने,’ यहाँ कार्यरत नेपाली समाजका प्रतिनिधिसँग पनि छलफल गर्ने तयारी गर्दै छु । सुन्दरवन क्षेत्रमा हाम्रा प्रतिनिधि पठाएर बुझ्न पनि लगाउने तयारीमा छु ।’ 

महावाणिज्यदूत पौडेलले परिवार फेला परे महावाणिज्यदूतको कार्यालयले घरसम्म नै पुर्याइदिने बताए।

लालबन्दी नगरपालिका उपप्रमुख कल्पनामाया पाख्रिनले तत्काल वडाध्यक्षहरूलाई जानकारी गराएर परिवारको खोजी गरिने नयाँ पत्रिकासँग प्रतिबद्धता जनाइन् ।