मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ ३ बुधबार ०८:५३:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एसिया छनोटमा नेपालसहित ११ टोलीले खेल्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ ३ बुधबार ०८:५३:००

मलेसियाले आइसिसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसियन छनोट प्रतियोगिताको आयोजना गर्ने भएको छ । मलेसियाले एसियन छनोट खेल अगस्ट–सेप्टेम्बरमा गर्दै छ । प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले अर्को वर्ष बंगलादेशमा आयोजना हुने आइसिसी महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले मंगलबार महिला टी–२० विश्वकपको रोडम्याप सार्वजनिक गरेको हो । एसिया छनोट २८ अगस्टदेखि ६ सेप्टेम्बरसम्म मलेसियामा हुनेछ । प्रतियोगितामा नेपालसहित ११ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । एसिया छनोटमा नेपाल, मलेसिया, थाइल्यान्ड, युएई, हङकङ, भुटान, चीन, बहराइन, कुवेत, कतार र म्यानमारले प्रतिस्पर्धा गर्नेछन् । 

यसैगरी, एसियासँगै दक्षिण अफ्रिका र युरोपबाट समान दुई टोली विश्वकपका लागि छानिनेछन् । अमेरिका र इस्ट एसिया प्यासिफिक क्षेत्रबाट एक–एक टोलीले विश्वकपमा स्थान बनाउने आइसिसीले जनाएको छ ।