मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २ मंगलबार
  • Wednesday, 18 December, 2024
अनामनगरस्थित हनुमानथानमा रहेको कराँते भवनमा डोजर लगाउँदै महानगरको टोली । तस्बिर : नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २ मंगलबार o७:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

फुटपाथ अवरोध गर्ने संरचना महानगरले भत्कायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २ मंगलबार o७:o१:oo

काठमाडौं महानगरले अनामनगरस्थित हनुमानथान क्षेत्रको फुटपाथमा अवरोध गरिरहेका संरचना भत्काएको छ । डोजरसहित पुगेको महानगर प्रहरी टोलीले उक्त भवन सोमबार भत्काएको हो ।

सडक अवरोध गरेको र जोखिमपूर्ण अवस्थामा रहेको उक्त भवन भत्काइएको महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । उनका अनुसार यसअघि माहनागरले १७ वटा प्रहरी बिट भत्काइसकेको छ । सडक र फुटपाथ अवरोध गरेर बनेका व्यक्ति र सार्वजनिक संरचना भत्काउने अभियानलाई महानगरले तीव्रता दिएको छ । ‘अनामनगर क्षेत्रको उक्त भवनले सडक अवरोध गरेको थियो, त्यो भवन पुरानो र जोखिमपूर्ण अवस्थामा रहेपछि हामीले त्यसलाई भत्काएका हौँ,’ उनले भने, ‘सो ठाउँमा सडक व्यवस्थित बनाउँछौँ ।’ 

गत साउन ०७९ यता महानगरभित्रका सार्वजिनक जग्गा, सडकपेटी र मुख्य सडकमा अवरोध गर्ने गरी अवैध रूपमा बनेका एक हजार पाँच सयभन्दा बढी संरचना महानगरले भत्काइसकेको छ । हाल महानगरले फुटपाथ पार्किङमा पनि कडाइ गरेको छ भने बिजुलीका तार व्यवस्थित गर्ने कार्य पनि भइरहेको छ ।