१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १ सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ १ सोमबार १७:५४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सीमित समूहले बैंकिङ क्षेत्रको ठूलो स्रोत उपयोग गर्दा अर्थतन्त्रमा समस्या : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १ सोमबार १७:५४:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमित व्यक्ति तथा समूहले बैंकिङ क्षेत्रको ठूलो स्रोत, साधन उपयोग गर्दा अर्थतन्त्रमा समस्या देखिएको बताएका छन्।

सोमबार नेपाल राष्ट्रिय कर्मचारी संगठनको नेपाल राष्ट्र बैंक शाखाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उपलब्ध स्रोत, साधनहरू अनुत्पादक र कम उत्पादक क्षेत्रहरूमा केन्द्रित हुँदा पनि अर्थतन्त्रमा समस्या देखिएको उनको भनाइ छ।

बैंकिङ क्षेत्रबाट भएको लगानीको आकारको अनुपातमा मुलुकभित्र उत्पादन र रोजगारीमा परेको प्रभाव अत्यन्त न्यून देखिएकाले यसतर्फ समयमै उचित कदम चाल्न उनले ध्यानाकर्षण गराए।

‘बैंकिङ क्षेत्रको विकास र विस्तारबाट देशमा वित्तीय पहुँच बढेको छ। कर्जा लगानीमा भएको वृद्धिबाट हरेक क्षेत्रमा आर्थिक क्रियाकलाप बढाउन मद्दत पनि पुगेको छ। तर, बैंकिङ क्षेत्रबाट भएको लगानीको आकारको अनुपातमा मुलुकभित्र उत्पादन र रोजगारीमा परेको प्रभाव भने अत्यन्त न्यून देखिन्छ,’ प्रधानमन्त्रीले भने।

दैनिक उपभोग्य वस्तुहरूको ठूलो मात्रामा आयात गर्नुपरेकाले व्यापार घाटा चुलिँदै गएको उल्लेख गर्दै उनले सरकारको नीति, योजना र कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन हुन नसक्दा यस्तो भएको स्वीकार गरे।