मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १ सोमबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o जेठ १ सोमबार ११:४६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘बजारको मागअनुसार मानव जनशक्ति उत्पादन आवश्यक’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o जेठ १ सोमबार ११:४६:oo

बजारको मागअनुसार शैक्षिक संस्थाहरूले दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने विज्ञहरूले बताएका छन् । काठमाडौं वर्ल्ड स्कुल गुन्डु, भक्तपुरले उद्योगी–व्यापारीहरूसँंग गरेको ‘मिट एन्ड ग्रेट’ कार्यक्रममा सहभागी वक्ताहरूले अहिलेको चुनौती सामना गर्न सक्ने दक्ष जनशक्ति आवश्यक भएको बताए ।

स्कुल व्यवस्थापन समितिका अध्यक्ष इन्जिनियर डा. मिथिलेशकुमार झाले दक्ष जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्था र उद्योगीहरूबीचको समन्वय नहुँदा कस्तो जनशक्ति बजारमा आवश्यक भइरहेको छ भन्ने विषय नै ओझेलमा पर्न गइरहेको उनले बताए । आफूहरूले उद्योगका लागि आवश्यक जनशक्ति तयार पार्ने र उद्योगी–व्यवसायीका लागि त्यस्ता दक्ष जनशक्ति आवश्यक पर्ने भएकाले सहकार्य गरेर अगाडि बढ्न उनले आग्रह गरे ।  

विश्व बजार प्रतिस्पर्धी भएकाले अवका शैक्षिक संस्थाहरूले पढाइ सँगसँगै प्रत्येक विद्यार्थीलाई एउटा न एउटामा सीपयुक्त विद्यार्थी तयार पार्नुपर्ने आवश्यकता औँल्याए । धेरै शैक्षिक संस्थाहरूलाई अहिले बजारले कस्ता जनशक्ति मागिरहेको छ भन्ने जान्न नै नसकेको उल्लेख गर्दै उनले अबको १० वर्षपछि कस्तो जनशक्ति आवश्यक पर्छ भन्ने अनुसन्धान गर्दै त्यसअनुरूपको विद्यार्थी तयार पार्नुपर्ने आवश्यकता औँल्याए । स्कुलका प्रिन्सिपल केशरबहादुर खुलालले देशमै विश्वस्तरको शिक्षा दिने उद्देश्यका साथ स्कुल सञ्चालनमा ल्याएको जनाए ।

कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले भक्तपुरमै अन्तर्राष्ट्रियस्तरको शैक्षिक संस्था रहेको बताए । उनले भक्तपुरमा हुने हरेक व्यापार–व्यवसायलाई अगाडि बढाउन तत्परताका साथ लागिपर्ने बताए । संघका उपाध्यक्ष कृष्णमुरारी न्यौपानेले अहिलेको वर्तमान व्यापार–व्यवसायका चुनौतीको सामना गर्न सक्ने दक्ष जनशक्ति शैक्षिक संस्थाहरूले उत्पादन गर्नुपर्नेमा जोड दिए ।