१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २८ बिहीबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख २८ बिहीबार २o:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
सप्तरंग डिजिटल संस्करण

सुशान्त विष्टको ‘लुकेको कथा’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख २८ बिहीबार २o:o८:oo

गायक सुशान्त विष्टको पहिलो गीति एल्बम ‘लुकेका कथा’ बजारमा आएको छ । एल्बममा कविताको रूपमा लेखिएका र गीतको रूपमा प्रस्तुत गरिएका सातवटा गीति कथाहरू छन्।  

महाराजगन्जमा ‘वायम ब्यान्ड’मार्फत एक सांगीतिक कार्यक्रम आयोजना गरी एल्बम विमोचन गरिएको थियो। आर्टफ्युजन ब्यान्ड ‘वायम’का सर्जक सुवास पौडेल र सुशान्त विष्ट हुन्। 

एल्बम विमोचन कार्यक्रममा सुशान्तले एल्बममा रहेका आफ्ना गीतहरू गाएर सुनाएका थिए भने सुवासले वाद्यवादकको भूमिका निर्वाह गरेर सहयोग गरेका थिए। 

प्रत्येक गीतमा एउटा सन्देश र एक अद्वितीय कथा छ। यो एल्बममा सन् २०२० देखि काम भइरहेको थियो। सोही वर्षको समर सिजनमा रिलिज गरिएको एकल गीत ‘म तिम्रो’ले राम्रो प्रशंसा बटुलेको थियो। 

‘सबै गीतहरू मैले भोगेका वास्तविक जीवनका अनुभवहरूमा आधारित छन्,’ गायक विष्ट भन्छन्, ‘केही गीतहरू मेरो नजिकका मान्छे र तीनको जीवनबाट प्रेरित छन्।’

‘मनको आगो बल्ने भइदिए’ गीत सन् २००१ मा भएको राजपरिवार नरसंहारको रात ड्युटीमा रहेका एक सिपाहीको दृष्टिकोणबाट सुनाइएको हो। यो राजनीतिक वा देशभक्ति होइन, केवल नायकको दृष्टिकोणबाट भनिएको कथा हो। 

यो छोटो कथालाई ज्याज प्रोडक्सनले मौलिक म्युजिक भिडियोमा परिणत गर्दै छ। निर्माता, गीतकार एवं साउन्ड इन्जिनियर दिवश गुरुङले एल्बमका प्रायः गीतहरू सिर्जना गरेका हुन्।

ad
ad
ad
ad