मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २८ बिहीबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख २८ बिहीबार १८:४६:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

काठमाडौंमा ‘हल्कारा’को ग्रान्ड प्रिमियर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख २८ बिहीबार १८:४६:oo

यही शुक्रबार रिलिज हुने नेपाली चलचित्र ‘हल्कारा’को काठमाडौंमा ग्रान्ड प्रिमियर सो सम्पन्न भएको छ। बुधबार साँझ बानेश्वरस्थित वन सिनेमाजमा करिब चार सय शुभचिन्तकमाझ प्रिमियर गरिएको हो।

उक्त सोमा प्रतिनिधिसभा सदस्यहरू रघुजी पन्त, ज्ञानेन्द्र शाही, एमाले नेता प्रदीप ज्ञवालीलगायत चलचित्रकर्मीहरू तथा पत्रकारहरूले चलचित्र हेरेका छन्। चलचित्रबारे प्रतिक्रिया दिँदै सहभागीले नेपाली चलचित्रको इतिहासका लागि एउटा परिपक्व चलचित्र थपिएको बताए।

हरेक घरमा भएको कथा ‘हल्कारा’ले सुन्दर तवरले व्यक्त गरेको उनीहरूको प्रतिक्रिया थियो। गत वर्ष ५५औँ वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभल २०२२ मा यो चलचित्रले उत्कृष्ट चलचित्रसँगै महेश त्रिपाठीलाई उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीलाई उत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड प्राप्त भएको थियो।

यो चलचित्र कालीपार स्टुडियो निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको हो। हरेक घरको कथा, प्रवासी युवक र उसलाई पर्खेर बस्ने एक नारीको कथा बोल्ने यो चलचित्रले अन्य केही अन्तर्राष्ट्रिय महोत्सवहरूमा समेत सहभागिता जनाएको छ। नेपाल अमेरिका इन्टरनेसनल फिल्म फेस्टिभल २०२२ मा ‘बेस्ट लङ न्यारेटिभ फिल्म’ बनेको थियो भने फ्लिकर रोड आइल्यान्ड इन्टरनेसनल फिल्म फेस्टिभल २०२२ मा सेमिफाइनलसम्म पुगेको थियो। त्यस्तै, युकेको कार्माथान बे फिल्म फेस्टिभल २०२२ मा अफिसियल सेलेक्सन भएको थियो।

महेश त्रिपाठी र विनिता थापामगरको प्रमुख अभिनय गरेको यस चलचित्रका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन्। यसमा विप्लव प्रतीक र आकाश बरालले सह–लेखन गरेका छन्। महेश र विनिताको साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ, विद्या कार्की, प्रकाश दाहाल, विष्णुभक्त अधिकारी, दीपक क्षेत्रीलगायतको अभिनय रहेको छ।

यसमा ब्रुनो भ्यालेन्टीको ओरिजिनल म्युजिक रहेको छ भने प्रोडक्सन साउन्ड ज्योति रानाको रहेको छ। कलरिस्ट लियोनार्डो क्यान्डियन हुन्।