१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २८ बिहीबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख २८ बिहीबार o७:११:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

गृहमै किर्ते गरिएको थियो कार्यदलको गोप्य प्रतिवेदन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख २८ बिहीबार o७:११:oo

कांग्रेस नेता बालकृष्ण खाण गृह मन्त्रालयको नेतृत्वमा हुँदा भुटानी शरणार्थीसम्बन्धी कार्यदलको प्रतिवेदन नै किर्ते गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । बिचौलिया गिरोहको योजनाअनुसार सक्कली प्रतिवेदनमा किर्ते गरेर ठगीमा सघाइएको प्रहरी निष्कर्ष छ ।

अनुसन्धानको क्रममा प्रहरीले ०७६ मा पूर्वसहसचिव बालकृष्ण पन्थीको अध्यक्षतामा बनेको कार्यदलको प्रतिवेदन गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय दुवैबाट मगाएको थियो ।

त्यसक्रममा गृहको प्रतिवेदनमा विभिन्न ठाउँँमा थपघट गरी बिचौलियाले पैसा उठाएका व्यक्तिको समेत नाम थपिएको पाइएको छ । कार्यदलका संयोजक पन्थीले पनि आफ्नो प्रतिवेदन किर्ते गरिएको बयान दिएका थिए ।

त्यसपछि मात्रै खाणलाई पक्राउ गर्न प्रहरीले आँट गरेको हो । उनीविरुद्ध प्रहरीले अन्य प्रमाणहरू पनि जुटाइसकेको थियो । यद्यपि, ती पक्राउ गर्न पर्याप्त थिएनन् । गोप्य सरकारी प्रतिवेदन गृह मन्त्रालयमा कसले किर्ते गर्‍यो भन्ने प्रस्ट भइसकेको छैन ।

त्यसैले गृहका तत्कालीन कर्मचारीमाथि पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ । ‘भाषा र सिलसिला हेर्दा सामान्य मान्छेले होइन । विज्ञले नै भाषा र अनुसूची हेरफेर गरेको देखिन्छ,’ जिल्ला प्रहरी परिसर, काठमाडौं स्रोत भन्छ, ‘यसमा गृहका अन्य अधिकारी छानबिनमा छन् ।’

मन्त्रीका लागि पैसा लिएको सचिव पाण्डेको ततिम्बा बयान

प्रहरी हिरासतमै रहेका गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डेले बिचौलियाहरूसँग खाणको आर्थिक लेनदेन भएको स्वीकार गरेका छन् । सुरुमा इन्कारी बयान दिएका उनले ततिम्बा बयानमा भने आर्थिक लेनदेन भएको, तर त्यो आफ्ना लागि नभई तत्कालीन मन्त्री खाणलगायतका लागि भएको दाबी गरेका छन् ।

अहिलेसम्मको अनुसन्धानमा मन्त्री खाणले एक करोड २४ लाख ५० हजार लिएको खुलेको छ । पक्राउ परेका बिचौलिया सानु भण्डारीले बयानमा सो कुरा बताएकोमा सचिव पाण्डेले पनि त्यसलाई पुष्टि हुने गरी बयान दिएका छन् । 

पक्राउ पर्ने भएपछि सचिव पाण्डेले आफ्नो मोबाइल फर्म्याट गराएका थिए । जुन मोबाइलका डेटा रिकभर गरेपछि थप प्रमाण खुलेका हुन् । उनको बिचौलिया तथा मन्त्री खाणसँग भएको बयानमा आर्थिक लेनदेनका कुरा भेटिएपछि प्रहरीले ततिम्बा बयान गराएको थियो । अनुसन्धानका विषयमा नयाँ कुरा खुलेपछि प्रहरीले एकपटक ततिम्बा बयान गर्न पाउँछ ।

जुन बयानमा उनले लेनदेनका कुरा स्वीकार गरी मन्त्री खाणकै निर्देशनअनुसार आफूले ती काम गरेको बताएका छन् । जसले खाणविरुद्ध पनि प्रमाण बलियो भएको छ । यिनै प्रमाण रहेको थाहा पाएपछि खाणलाई पक्राउ गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले पनि असहमति नजनाएको स्रोत बताउँछ ।