१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २२ शुक्रबार
  • Monday, 12 May, 2025
तस्बिर सौजन्य : डुक्पा भोटे
नयाँ पत्रिका संखुवासभा
२o८o बैशाख २२ शुक्रबार १६:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हेलिकोप्टर दुर्घटना : एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, संखुवासभा
नयाँ पत्रिका
२o८o बैशाख २२ शुक्रबार १६:३३:oo

संखुवासभाको भोटखोला– ४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए।

हेलिकोप्टरमा सवार चारजना गम्भीर घाइते भएका छन्। आज दिउँसो १ः१० बजे भोटखोला गाउँपालिका– ४ हटियाको सिक्प्रुङको हम्मरेडाँडाको रूखमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको प्रहरीको भनाइ छ। मृतक गुरुङ हेलिकोप्टरमा सहयोगीका रूपमा काम गर्दै आएका थिए।

दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर गम्भीर घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि काठमाडौं पठाइएको छ। रासस