१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २२ शुक्रबार
  • Wednesday, 26 June, 2024
२o८o बैशाख २२ शुक्रबार १३:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

ब्रिटिस प्रोफेसनल कलेजले पायो प्लेटिनम एप्रुभ्ड लर्निङ पार्टनर अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख २२ शुक्रबार १३:३४:oo

ब्रिटिस प्रोफेसनल कलेजले ‘प्लेटिनम एप्रुभ्ड लर्निङ पार्टनर (एएलपी)’ अवार्ड प्राप्त गरेको छ । एसिसिए अध्यापन गराउने संस्थाहरूलाई प्रदान गरिने यो प्लेटिनम अवार्ड सबैभन्दा उच्च र प्रतिष्ठित अवार्ड हो ।

विश्वभर यो अवार्ड प्राप्त गर्ने केही मात्र कलेजहरू रहेको जनाइएको छ । जसमा ब्रिटिस प्रोफेसनल कलेज पनि सामेल भएको उल्लेख छ । यो अवार्ड कोसेढुंगा साबित हुने कलेजले जनाएको छ ।

विश्वको अग्रणी निकायका रूपमा रहेको द एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्स (एसिसिए)ले एकाउन्टिङ र फाइनान्स योग्यता प्रदान गर्नमा उत्कृष्ट ट्र्याक रेकर्ड राखेको जनाइएको छ । उच्च गुणस्तरको शिक्षालगायत एसिसिए विद्यार्थीलाई प्रदान गर्ने साथ र सहयोगलाई मध्यनजर गर्दै त्यस्ता संस्थाहरूलाई एएलपी अवार्ड प्रदान गरिने ब्रिटिस कलेजले जनाएको छ ।

कलेजका एसिसिए प्रोग्राम म्यानेजर दीपेन्द्रके श्रेष्ठले भने, ‘यो बिपिसीको शैक्षिक गुणस्तर र विद्यार्थीले प्राप्त गरेको सफलताको नतिजा हो । यो अवार्ड प्राप्त गर्नुले के देखाउँछ भने हामी उनीहरूले दिएको लक्ष्य र आवश्यकता पूर्ति गर्न निरन्तर सफल रहेका छौँ । अझै सुधार र उत्कृष्टता प्रदर्शन गर्न प्रतिबद्धता व्यक्त गर्छु ।’ यो प्रक्रियाले पनि विद्यार्थी उत्तीर्ण दर राम्रो रहेको पुष्टि गर्ने कलेजको दाबी छ । यसले विद्यार्थीको नतिजा विश्वव्यापी औसतभन्दा धेरै उत्कृष्ट रहेको सहजै अनुमान लगाउन सकिने जनाइएको छ । विगत एक दशकमा मात्रै एसिसिए संकायले विद्यार्थीलाई धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारहरू प्राप्त गर्न मद्दत गरेको जनाएको छ ।

द ब्रिटिस कलेजका मार्केटिङ प्रमुख अमरदीप मण्डलले व्यावसायिक एकाउन्टेन्ट बन्न चाहने विद्यार्थीका लागि बिपिसी भरपर्दो संस्था साबित गराउन योे अवार्डले ठूलो भूमिका खेल्ने बताए ।

ad
ad
ad
ad