१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २२ शुक्रबार
  • Saturday, 28 September, 2024
२o८o बैशाख २२ शुक्रबार o९:२५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया प्रिन्ट संस्करण

लुम्बिनीमा शान्ति पदयात्रा (फाेटाेफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख २२ शुक्रबार o९:२५:oo

आज २५६७औँ बुद्धजयन्ती । यस अवसरमा आज लुम्बिनीमा शान्ति पदयात्रा गरिएको छ । पदयात्रामा बुद्धसँग सम्बन्धित विभिन्न संघसंस्थाले झाँकीसहित र्‍याली गरेका छन् । र्‍यालीमा स्थानीय नागरिक, बौद्धमार्गी, विभिन्न गुम्बाका भिक्षुहरू, विद्यार्थीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, लुम्बिनी विकास कोषका पदाधिकारी, सुरक्षा निकायलगायत विभिन्न देशका बौद्ध भिक्षुहरूको सहभागिता रहेको थियो । 

बुद्धजयन्ती मनाउन बुद्ध जन्मस्थल लुम्बिनी रङरोगन र सरसफाइ गरी सिँगारिएको छ । मन्दिर परिसर, अशोक स्तम्भलगायतका क्षेत्र सफा गरेर सुन्दर बनाइएको छ भने मन्दिर र पवित्र उद्यान क्षेत्रमा झिलिमिली बत्ती जडान गरिएको छ । लुम्बिनीवरिपरि स्वागतद्वार, तुल, ब्यानर राखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार लुम्बिनीमा आयोजित हुने विशेष औपचारिक कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।