१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o९:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

ट्रायथलनमा २२ राष्ट्रका ३६ खेलाडी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o९:२१:oo

विश्वमै कठिन मानिने ‘एक्स्ट्रिम वल्र्ड टुर ट्रायथलन’अन्तर्गत दोस्रो हिमालयन एक्सट्राई ट्रायथल पोखरामा शनिबार हुने भएको छ । हिमालयन एक्सट्राईको आयोजनामा तथा नेपाल ट्रायथलन संघको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगितामा २२ राष्ट्रका ३६ खेलाडी बिहीबार पोखरा पुगेका छन् । 

रेस डाइरेक्टर रक्की योन्जनका अनुसार प्रतियोगितामा अमेरिका, अस्ट्रेलिया, चेक रिपब्लिक, इस्टोनिया, बेलायत, नेदरल्यान्ड्स, ग्रिस, रसिया, बंगलादेश, भारतलगायतबाट ३१ पुरुष र पाँच महिला खेलाडीको सहभागिता रहेको छ । गत संस्करणमा दुईजना नेपाली खेलाडीले सहभागिता जनाएका थिए । यस वर्ष नेपालका खेलाडी सहभागी छैनन् । पहिलो संस्करणमा नेपालबाट सन्तोष राई र एपिएफकी सोनी गुरुङले प्रतियोगितामा भाग लिएका थिए । 

दूरी पार गर्न कम्तीमा २२ घन्टा लाग्ने 
प्रतियोगिताअन्तर्गत ३.८ किमि पौडी, १७५ किलोमिटर साइक्लिङ र ४० किलोमिटर दौड हुनेछ । सहभागीहरूले शनिबार बिहानै फेवातालमा पौडी गर्नेछन् । त्यसपछि साइक्लिङ र निर्धारित दौड पूरा गर्नेछन् । समुद्री सतहबाट ७४२ मिटर उचाइमा रहेको फेवातालमा पौडीपछि साइकलबाट उनीहरू पोखरा हुँदै बागलुङ कलिकास्थान मन्दिर हुँदै फर्किनेछन् ।

त्यसपछि प्रतिस्पर्धीहरू हेमजाको मिलन चोक हुँदै कास्कीको माछापुच्छ्रे गाँउपालिकास्थित लुम्रे पुग्नेछन् । लुम्रेबाट सुरु हुने दौड मर्दी हिमालको हाइक्याम्पको चार हजार मिटरलाई छुँदै कास्कीको माछापुच्छ्रेस्थित ल्वाङमा पुगेर समापन हुनेछ । यसक्रममा सहभागी खेलाडीले दौड पूरा गर्न कम्तीमा १८ देखि २२ घन्टा समय लिने आयोजकले जनाएको छ । 

ad
ad