मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o बैशाख २१ बिहीबार
  • Friday, 28 August, 2026
२o८o बैशाख २१ बिहीबार १७:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख २१ बिहीबार १७:१o:oo

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन्। प्रदेश सभाको बिहीबारको बैठकमा विश्वासको मतका लागि मुख्यमन्त्रीले गरेको प्रस्ताव बहुमतले पारित भएको हो।

मुख्यमन्त्री पाण्डेले संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न गण्डकी प्रदेश सभा नियमावली २०७४ को नियम १४३ बमोजिम आफ्नो वक्तव्यसहित प्रस्ताव पेस गरेका थिए। 

संविधानको धारा १६८ को (२) अनुसार पाण्डेलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले १४ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। 

१४ गते नियुक्त मुख्यमन्त्रीले नियुक्त भएको आठौँ दिनमा विश्वासको मत लिएका हुन्। संवैधानिक व्यवस्थाअनुसार नियुक्त भएको ३० दिनभित्र प्रदेश सभा बैठकबाट विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था रहेको छ।

६० सदस्य प्रदेश सभामा चार दलको प्रतिनिधित्व रहेको छ। ६० सदस्यमध्ये कांग्रेसका २७, नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका सभामुखसहित आठ, राप्रपाका दुई र एकीकृत समाजवादीका एकजना सदस्य रहेका छन्। 

बहुमतको सरकार गठनका लागि ३१ सदस्यको समर्थन आवश्यक रहन्छ। पाण्डेलाई मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसका २७, माओवादीका सात र एकीकृत समाजवादीको एक गरी ३५ जनाको पक्षमा मत जाहेर गर्दा एमालेका २२ जनाले विपक्षमा  र राप्रपाका दुईजनाले तटस्थमा मत जाहेर  गरेका थिए।

विश्वासको मत लिएसँगै मुख्यमन्त्री पाण्डेले अबको देही दिनमा मन्त्रिपरिषद् विस्तार गर्ने गर्ने तयारी गरेका छन्।