१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २१ बिहीबार
  • Wednesday, 26 June, 2024
२o८o बैशाख २१ बिहीबार ११:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सुत्केरी बेथा लागेर घरमै बसेकी महिलाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख २१ बिहीबार ११:५o:oo

उदयपुरको बेलका नगरपालिका– ९ मा एक गर्भवती महिलाको मृत्यु भएको छ। 

मंगलबार सुत्केरी बेथा लागेर घरमै बसेकी प्रमिला बस्नेतको उपचारका लागि विराटनगरस्थित विराट मेडिकल कलेजमा पुर्‍याएपछि बुधबार मृत्यु भएको हो।

मृतकका पति दीपक बस्नेतका अनुसार पहिलो बच्चा जन्माउने क्रममा प्रमिलाको मृत्यु भएको हो। १९ वर्षीया प्रमिलाकाे बच्चा जन्माउन नसकेर मृत्यु भएको परिवारको भनाइ छ। 

युनिसेफका अनुसार प्रत्येक एक हजार जीवित शिशुको जन्म हुँदा २१ को मृत्यु हुने गरेको तथ्यांक छ। नेपालमा नवजात शिशु मृत्युदर (जन्मपश्चात् पहिलो २८ दिनभित्र हुने मृत्युदर) एकदमै उच्च छ।

बेलका नगरपालिकाको केन्द्र रहेको वडा नम्बर ९ मै सुत्केरी हुन नसकेर गर्भवतीको मृत्यु भएको घटनाबारे सामाजिक सञ्जालमा जनप्रतिनिधिहरूको  विरोध गरिएको छ। 
 

ad
ad
ad
ad