१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १८ सोमबार
  • Tuesday, 02 July, 2024
२o८o बैशाख १८ सोमबार ११:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

जिम जानेले यी कुरा ख्याल गरौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख १८ सोमबार ११:५४:oo

खानपान : यदि तपाईं जिम जाँदै हुनुहुन्छ भने त्यसपूर्व केही कुरा ख्याल गर्नैपर्ने हुन्छ । तपाईले वर्कआउटसँगै शरीरलाई आवश्यक पर्ने डाइट लिनुपर्छ । शरीरको तौलअनुसार प्रोटिनयुक्त आहार लिनुपर्छ । टुसा उमारेका गेडागुडी, सोयाबिन, ओट्स, चिकेन चेस्ट, माछा, अन्डाको सेतो भाग, ब्रोकाउली, सलादलगायतका खानेकुरा खाँदा राम्रो हुन्छ । सुप, हरियो तरकारी शरीरका लागि आवश्यक हुन्छ । दिनमा कम्तीमा तीनदेखि पाँच लिटरसम्म पानी पिउन जरुरी छ ।

 एकपटक चिकित्सकसँग परामर्श गरेर जिम थाल्नु राम्रो हुन्छ । यस्तो हुँदा तपाईंले आफ्नो शरीरको अवस्थाबारे थाहा पाउन सक्नुहुन्छ । त्यहीअनुसार कति समय जिम गर्ने र कस्तो डाइट प्लान फलो गर्ने भन्ने निर्धारण गर्न सकिन्छ । कतिपय रोग लागेका मानिसले जिम गर्नुको साटो ती रोगविशेषको व्यायाम गर्नु राम्रो हुन्छ । चेकजाँचबाट मात्रै यी कुरा 
थाहा हुन्छ । 

हतारो नगर्नुस् :  तपाईंको शरीर एकै दिनमा फिट हुँदैन । यसका लागि लामो धैर्य र अभ्यास जरुरी हुन्छ । त्यसैले जिममा चाँडै धेरै गर्ने प्रयास नगर्नुहोस् । त्यहाँ रहेका उपकरणहरू सही रूपमा कसरी प्रयोग गर्ने भनेर ट्रेनरसँग सोध्नुस् । बिस्तारै वर्कआउट गर्नुस् । कति समयभित्र आफ्नो गति बढाउने भनेर एउटा योजना बनाउनुस्, त्यसलाई फलो गर्नुस् । 

फिटनेसको समीक्षा :  जिम गएको सुरुवाती महिनामा के–कस्तो उपलब्धि भयो, तपाईंको लक्ष्य के थियो, कति क्यालोरी बर्न भयो वा तपाईंको शारीरिक स्वास्थ्य कति सुधार भयो, यी कुराको समीक्षा गर्नुस् । 

आठ घन्टा सुत्नुस् :  आठ घन्टा आरामले निदाउनुस् । किनकि, तौल उचालेर मात्रै शरीर बन्दैन । यसका लागि खानपान र सन्तुलित दिनचर्या पनि आवश्यक पर्छ । तपाईंले जिम गइसकेपछि यसलाई निरन्तरता दिन जरुरी छ । छोटो समयमा मसल्स बिल्डअप गर्ने होइन, लामो समयसम्म स्वस्थ र फिट रहनेबारे सोच्नुस् । 

ad
ad
ad
ad