पिसाबको संक्रमण भन्नाले मूत्र प्रणालीमा पिसाब बनाउनेदेखि लिएर पिसाब भण्डारण तथा पिसाब शरीरबाट बाहिर निकाल्न मद्दत गर्ने जुनसुकै अंग (मिर्गौला, मूत्रवाहिनी, मूत्रथैली तथा मूत्रनली)मा हुने संक्रमणलाई बुझिन्छ । यसलाई साधारण बोलीचालीको भाषामा युटिआई अथात् पिसाबको संक्रमण भनिन्छ ।
प्रायः पुरुषभन्दा महिलामा पिसाबको संक्रमण धेरै हुने गर्दछ । तर, नवजात शिशुका हकमा छोरीको दाँजोमा छोरामा चार गुणा बढी संक्रमण हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् । पिसाब संक्रमण गराउने मुख्य कीटाणु इकोलाई नामक जीवाणु हो । सामान्यतया पिसाबमा जीवाणु हुँदैन । तर, मलद्वारनजिकैको संक्रमित छालाबाट सजिलै उक्त जीवाणु मूत्र प्रणालीमा प्रवेश गर्दछ । तसर्थ, पिसाब संक्रमणको मुख्य स्रोत नै बिरामीको आफ्नै दिशालाई मानिन्छ ।
लक्षण
संक्रमणको निदान र उपचार
लक्षण देखा परेमा बच्चालाई वेलैमा युरोलोजिस्ट चिकित्सकसँग जँचाउनुपर्छ । चिकित्सकले बच्चालाई आवश्यक जाँच गरी पिसाबको स्याम्पल जाँचका लागि प्रयोगशाला पठाउँछन् ।
प्रयोगशालामा विशेष गरी पिसाबको सामान्य तथा माइक्रोस्कोपिक जाँच र कल्चर गरिन्छ । यसरी गरिएको जाँचबाट पिसाबमा वास्तविक संक्रमणको स्थिति देखिन्छ, संक्रमण गर्ने कीटाणु पनि उम्रिएको देखिन्छ, साथै उपयुक्त एन्टिबायोटिकको सेन्सिटिभिटी पनि चेक गरिन्छ । यसले संक्रमण उपचार गर्नका लागि चिकित्सकलाई सही एन्टिबायोटिक चलाउन सहज हुन्छ ।
प्रायः एकदेखि दुई हप्तासम्म एन्टिबायोटिक चलाउनुपर्ने हुन्छ, तर अवस्था हेरी यो अवधि फरक पर्न सक्छ । पटक–पटक पिसाबको संक्रमण भइराख्ने बच्चामा मूत्र प्रणालीमा पिसाब उल्टो फर्किने समस्या हुन सक्ने सम्भावना धेरै हुन्छ । यस्तो अवस्थालाई भेसिको–युरेटेरल रिफ्लक्स भनिन्छ । यो अवस्थाको सही निदानका लागि एउटा विशेष किसिमको एक्स–रे जाँच गरिन्छ, जसलाई मिक्चुरेटिङ सिस्टोयुरेथ्रोग्राम भनिन्छ ।
रोकथामका उपाय