आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात् कृत्रिम बौद्धिकताको अर्थ पछिल्लो अढाई दशकमा परिवर्तन भइरहेको देखिन्छ । नोभेम्बर २०२२ मा ओपन एआई नामक अमेरिकी कम्पनीले च्याटजिपिटी एआई लन्च गर्यो । त्यसपछि माइक्रोसफ्टले आफ्नो सर्च इन्जिन बिङलाई च्याटजिपिटीमा आधारित ‘बिङच्याट’ सुविधासहित फेब्रुअरीमा नयाँ तरिकाले लन्च ग¥यो । गुगलले मार्चमा ‘बार्ड’ नामक एआई सुरुवात गर्यो ।
बीचमा १४ मार्चमा ओपन एआई कम्पनीले आफ्नो च्याटजिपिटीको नयाँ संस्करणसमेत लन्च गरेको छ, जुन विगत तीन–चार वर्षदेखि तयार गरिएको जिपिटी–४ मा आधारित छ । यो सुविधा अहिले सशुल्क छ । यो प्रयोगबापत प्रयोगकर्ताले प्रतिमहिना २० डलर खर्च गर्नुपर्ने हुन्छ ।
जिपिटीको अर्थ जेनेरेटिभ प्रि–ट्रेन्ड ट्रान्सफर्मर हुन्छ । यो सफ्टवेयरलाई निश्चित शब्दभण्डारबाट सही शब्द चयन गरी प्रश्नको सटिक, प्रासंगिक जवाफ तयार गर्न प्रशिक्षित गरिन्छ । गुगल सर्च या बिङझैँ यसको काम इन्टरनेटमा पहिल्यैदेखि उपलब्ध जवाफ खोजेर त्यसको लिंक दिनु होइन । जिपिटीले कुनै पनि प्रश्नको जवाफलाई नयाँ तरिकाले उपलब्ध गराउँछ । यसका लागि उसले आफूसँग उपलब्ध सूचना भण्डारबाट सूचना उठाउन सक्छ या इन्टरनेटसँग जोडिएको अवस्थामा त्यसको सेवा पनि लिन सक्छ । च्याटजिपिटीको नयाँ संस्करण प्रभावशाली हुँदाहुँदै पनि इन्टरनेटसँग जोडिएको छैन ।
प्रोसेसिङका लागि च्याटजिपिटीसँग सन् २०२१ सम्मका अन्तिम सूचना छन् । यसको फाइदा भनेको उसको जवाफ अरूभन्दा स्पष्ट छ । यसैको तेस्रो संस्करण जिपिटी–३ केवल तीन हजार शब्दले काम चलाउँथ्यो । तर, चौथो जिपिटी–४ ले २५ हजार शब्दसीमामा काम गर्छ । यस्ता खालका च्याटबट ओपन एआई कम्पनीले बनाइरहेको छ र यसमा अमेरिकाका कैयौँ ठूला सफ्टवेयर कम्पनीले पुँजी लगाएका छन् ।
ओपन एआई कम्पनीले बनाएका च्याटबट्सको प्रयोग सर्च इन्जिन कम्पनी गुगल र माइक्रोसफ्टले सर्वाधिक गरेका छन् । उनीहरूले यसलाई आ–आफ्नो तरिकाले प्रशिक्षण दिएका छन् । माइक्रोसफ्टको बिङच्याट र गुगलको बार्ड दुवै प्लेटफर्म जिपिटी ३.५ हो, अर्थात् जिपिटी–३ र जिपिटी–४ बीचको संस्करण । यसमा बिङच्याटका तीन रूप छन्– ब्यालेन्स्ड, क्रिएटिभ र प्रेस्सी । यी तीनवटैको नतिजा पनि फरक–फरक आउँछ ।
विशेषज्ञका अनुसार माइक्रोसफ्टले केवल गुगलको खेल बिगार्न आफ्नो बिङच्याट यति छिटै बजारमा ल्याएको हो । गुगल सर्चबाट उसको बजार हत्याउन माइक्रोसफ्टका दुई प्रयास इन्टरनेट एक्सप्लोरर र बिङ अर्थहीन साबित भइसकेका छन् ।
बार्ड र बिङच्याटबीच अवधारणाको स्तरमा ठूलो भिन्नता भनेको परीक्षणको डेटाबेसबाट आउँछ । बिङच्याटलाई विशेष गरी सूचनाको खोजका लागि प्रयोग गरिन्छ, जबकि बार्डको परीक्षण मानवीय कुराकानीको डेटाबेसमा आधारित छ । यही फरकका कारण निजी कुराकानीका लागि बार्ड उत्कृट साबित हुन सक्छ । कुनै खोज या श्रेणीका केही मिल्दाजुल्दा चिजको आपसी तुलनाका आधारमा बिङच्याटले उत्कृट नतिजा दिएको पाइएको छ । ओपन एआईद्वारा जारी भएको च्याटजिपिटीको ढाँचा बार्ड र बिङच्याटभन्दा कैयौँ गुणा अगाडि छ । यसकै कारण अधिकांश विषयमा राम्रो नतिजा आउँछ, जुन स्वाभाविक पनि छ ।
बुझ्नुपर्ने विषय के भने अहिले यो प्रविधि आफ्नो क्षेत्रमा सुरुवाती चरणमा छ । विशेषज्ञका अनुसार माइक्रोसफ्टले केवल गुगलको खेल बिगार्न आफ्नो बिङच्याट यति छिटै बजारमा ल्याएको हो । गुगल सर्चबाट उसको बजार हत्याउन उसका दुई प्रयास इन्टरनेट एक्सप्लोरर र बिङ अर्थहीन साबित भइसकेका छन् । माइक्रोसफ्टलाई बिङच्याटको आडमा यो लडाइँमा केही नयाँ गर्न सकिन्छ कि भन्ने आशा छ । तर, यता ‘बार्ड’ ल्याउने गुगलको दीर्घकालीन योजना थियो । ‘ल्यांग्वेज मोडल फर डायलग एप्लिकेसन्स’ (ल्याम्डा) फरक–फरक क्षेत्रमा फरक–फरक मनस्थितिअनुसार कुराकानीको दिशा तय गर्ने कार्यक्रम थियो । बजारको होडमा उत्रिएपछि ल्याम्डाको काम निर्धारित बाटोमा अगाडि बढ्ला या नबढ्ला तत्काल भन्न मुस्किल छ । तर, गुगलले जुन ल्याम्डाको खोजी गरेको छ, त्यसको दायरा विशाल छ ।
अश्लील कुराकानी : रोबोट र म्याट्रिक्सजस्ता चर्चित हलिउड फिल्डमा प्रयोग भएको कृत्रिम बौद्धिकतालाई मानवतामाथि कब्जा गरेको देखाइएको छ, कतै गुगलले आफ्नो ल्याबमा बसेर त्यही काम त गरिरहेको छैन भन्ने प्रश्न पनि उठेका छन् । पादरी बन्ने प्रशिक्षण लिएका इसाई ब्लेक लेमाइनले ल्याम्डासँग गरिएको आफ्नो कुराकानी सार्वजनिक मात्रै गरेनन्, रिपब्लिकन सिनेटरलाई समेत सुम्पिदिएका थिए । यसको कारण थियो, ल्याम्डालाई अश्लील कुराकानीका लागि प्रशिक्षित गर्नबाट रोक्न सकियोस् । यसबारे गुगलले व्यावसायिक गोपनीयताको विषयमा ब्लेकको कुरा सुनेन, उल्टै बाहिर निस्कने द्वार देखाइदियो ।