एकपटक नरेन्द्र नामका एक बालक बनारसको दुर्गा मन्दिरबाट निस्किरहेका थिए । माता दुर्गाको दर्शनपछि शान्त मनले बाहिर निस्किँदै गरेका ती बालकलाई अचानक बाँदरको समूहले घे¥यो । बालकको हातमा प्रसाद थियो । बाँदर उनको हातबाट प्रसाद खोस्न चाहन्थे ।
बाँदरको समूह आफूतिर आउँदै गरेको देखेपछि बालक निकै डराए । उनी आत्तिएर थरथर काम्न थाले । उनी बाँदरबाट आफूलाई बचाउने उपायबारे सोच्न थाले । तर, कुनै उपाय नदेखेपछि उनी बाँदरलाई छलेर भाग्न थाले । तर, ती बाँदरले उनलाई पछ्याउन छाडेनन् । उनी बाँदरको डरले दायाँबायाँ कतै नहेरी दौडिए । यी सबै दृश्य नजिकै रहेका एक वृद्ध सन्न्यासीले देखिरहेका थिए । उनले बालकलाई सम्बोधन गर्दै भने– ए बालक, तिमी बाँदरबाट डराएर कता भाग्दै छौ ?
डराउन छाड र निडर भई बाँदरको सामना गर । यसरी डराएर भाग्दैमा समस्याको समाधान निस्किँदैन । समस्याको त सामना गर्नुपर्छ । त्यसैले तिमी पनि समस्याबाट नभाग, फर्किएर सामना गर । वृद्ध सन्न्यासीको आजाज सुनेपछि ज्यान बचाउन भागिरहेका बालक अचानक रोकिएर बाँदरतिर फर्किए अनि बिस्तारै पाइला अघि बढाए ।
बालक नरेन्द्र रोकिएपछि अचम्मै भयो । एकाएक उनी रोकिएपछि उनलाई झम्टिँदै पछि लागिरहेका बाँदर पनि रोकिए । एकैछिन नरेन्द्रलाई हेरेर ती बाँदर आफ्नो बाटो लागे । बाँदर बाटो लागेपछि बालक दंग परे । ती बालक पछि गएर स्वामी विवेकानन्दका रूपमा विख्यात भए । उनलाई समस्यासित जुध्न र समस्याबाट नभाग्न प्रेरित गर्ने सन्न्यासी थिए,स्वामी रामकृष्ण परमहंस ।