१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १o:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नौ अर्ब ६८ करोड पुनर्लगानी गर्दै डाबर नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:५६:oo

बहुराष्ट्रिय कम्पनी डाबर नेपालले नौ अर्ब ६८ करोड रुपैयाँ पुनर्लगानी गरेर क्षमता विस्तार गर्ने भएको छ । बिहीबार पुनर्लगानीका लागि नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र डाबर नेपालका बिजनेस हेड हरकिरतसिंह वेदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

नेपालबाट भारतमा सबैभन्दा बढी निर्यात गर्ने कम्पनी डाबर नेपालको लगानी थप्ने प्रस्ताव २५ माघ ०७८ मा सम्पन्न बोर्डको ४९औँ बैठकले स्वीकृत गरिसकेको थियो । डाबर नेपालले क्षमता अभिवृद्धि र विविधीकरणसम्बन्धी परियोजना बोर्डमा प्रस्ताव गरेको थियो ।  

करिब ३४ वर्षअघि सात करोड ९८ लाख लगानीमा स्थापना भएको डाबर नेपालले एकैपटक ठूलो लगानी थप गर्न लागेको हो । कम्पनीले लामो समयदेखि नाफाबाट वितरण नगरी बचाएर सञ्चितिका रूपमा राखेको रकमबाट थप लगानी गर्न लागेको जनाएको छ । समझदारी कार्यक्रममा उद्योगमन्त्री रमेश रिजालले डाबर नेपालको पुनर्लगानीले लगानीकर्तामाझ ठूलो सन्देश प्रवाहित हुने बताए ।  

यस्तै, डाबर नेपालका बिजनेस हेड वेदीले नेपालमा आर्जित पुँजीको केही हिस्सा उद्योगको क्षमता विस्तार र पुँजी वृद्धिमा लगानी गर्न पाउँदा हर्षित भएको बताए । बोर्डका सिइओ भट्टले डाबर नेपालका तर्फबाट हुन लागेको पुनर्लगानीले लगानीकर्ताको नेपालप्रतिको विश्वास, भरोसा र व्यवसाय विस्तारको प्रचुर सम्भावनालाई उजागर गरेको बताए । 

तीन दशकअघि व्यावसायिक उत्पादन थालेको डाबर नेपाललाई स्व. रुक्मशमशेर राणाले नेपालमा भित्र्याएका हुन् । डाबर नेपालमा डाबर इन्डिया लिमिटेडको ९७.५ प्रतिशत र राणा परिवारको २.५ प्रतिशत लगानी छ । डाबर सन् १९८४ मा स्थापित भारतीय बहुराष्ट्रिय कम्पनी हो । भारतमा व्यावसायिक उत्पादन सुरु गरेको पाँच वर्षमै नेपाल भित्रिएको डाबरले सन् १९८९ मा उद्योग स्थापना सुरु गरी सन् १९९२ देखि व्यावसायिक उत्पादन थालेको थियो ।

ad
ad