१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
तस्बिर साैजन्य : एनडिटिभी
२o८१ बैशाख २३ आइतबार १९:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

एम्बुसमा परेर दश भारतीय प्रहरीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १९:१६:oo

भारतको मध्य छत्तीसगढ राज्यमा बुधबार माओवादी विद्रोहीको आक्रमणमा परेर दशजना भारतीय प्रहरीको ज्यान गएको छ। 

माओवादीले विद्युतीय धरापमा पारेर प्रहरीको गाडीमाथि विस्फोट गराएका थिए। त्यस क्रममा गाडीमा रहेका सबै दश प्रहरीको मृत्यु भएको हो।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार ती प्रहरी दन्तेवाडा जिल्लामा विद्रोहीको गतिविधि अनुसन्धान गर्ने चलाइएको मिसनबाट फर्कंदै गरेका थिए। 

छत्तीसगढका वरिष्ठ प्रहरी अधिकारी विवेकानन्दले नियमित कामबाट फर्कंदै गरेका प्रहरीहरू सवार गाडीलाई लक्षित गरी विस्फोट गराइएको जानकारी दिए। 

भारतमा सन् १९६० को दशकमा सुरु भएको माओवादी विद्रोह अझै नियन्त्रणमा आएको छैन। यसबीच हजारौँ मानिसको ज्यान गइसकेको छ। बुधबारको घटना पछिल्लो दुई वर्षयताकै ठूलो क्षति भएको बताइएको छ। 

एनडिटिभीमा प्रसारित फुटेजमा जमिनमा कैयौँ फिटसम्म फैलिएको एउटा खाल्डो र सुरक्षा बलले विस्फोटका कारण छरिएर रहेका सवारीसाधनका पार्टपुर्जाको निरीक्षण गरिरहेको देखिएको छ।

घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै आक्रमणमा ज्यान गुमाएका सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। 

छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले आक्रमण अत्यन्त दुःखद भएको भन्दै राज्यका नक्सलवादीहरूविरुद्ध लड्न दुई गुणा प्रयास गर्ने प्रतिबद्धता जनाएका छन्।
एजेन्सीहरूकाे सहयाेगमा

ad
ad