मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ११ सोमबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख ११ सोमबार १४:२o:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘यौटा सपनाको अवसान’ थप तीन दिन मञ्चन हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख ११ सोमबार १४:२o:oo

रंगकर्मी अनुप बरालको निर्देशनमा तयार भएको नाटक ‘यौटा सपनाको अवसान’ मण्डला नाटकघरमा मञ्चन भइरहेको छ। 

सन् १९४९ मा अमेरिकामा पहिलोपटक मञ्चन भएको अमेरिकी नाटक ‘डेथ अफ अ सेल्समेन’लाई निर्देशक बरालले समसामयिक बनाएर प्रस्तुत गरेका हुन्। वैशाख १० गते नाटकको नियमित मञ्चन सकिए पनि तीन दिनका लागि मञ्चन हुने अवधि थप गरिएको छ। नाटक अब सोमबार, मंगलबार र बुधबार पनि मञ्चन हुनेछ।

‘दर्शकमार्फत प्राप्त प्रतिक्रियाकै आधारमा समय थप गरेका हौँ,’ निर्देशक बरालले भने। लागत खर्चिलो हुँदा मञ्चन गरिहाल्ने हिम्मत जुटाउन नसकेको निर्देशक बरालले बताए।

नयाँ नाटक गर्ने छलफलमा गोविन्द पराजुलीले निर्माणको अभिभारा लिएपछि नाटक मञ्चन भएको हो। नाटकमा रोयदिभ श्रेष्ठ, शेखर चापागाईं, दिव्यदेव, दिया मास्के, मेनुका प्रधान, विकास जोशी, उत्पल झालगायतका कलाकारले अभिनय गरेका छन्।

‘ठूलो सेट र ठूलो कलाकारको समूह दोहोर्‍याएर जुटाउन गाह्रो छ। त्यसैले जुटेकै समयमा सोमबारको बिदामा पनि नाटक मञ्चन गर्दै छौँ,’ निर्माता पराजुलीले भने। नाटकले सपनाको आकर्षणले मानिसलाई यन्त्रमा रूपान्तरण गर्ने र मानिस अधुरा आकांक्षा र सपनासँग जीवन त्याग गर्न बाध्य हुने कथा प्रस्तुत गर्छ।

नाटकको मञ्चन गएको वर्ष ०७९ चैत १० गतेदेखि सुरु भएको थियो।