मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ६ बुधबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख ६ बुधबार १९:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वीरगन्ज चिनी मिल सञ्चालनका लागि पहल गर्छु : उद्योगमन्त्री रिजाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख ६ बुधबार १९:१o:oo

उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले वीरगन्ज चिनी कारखाना सञ्चालनका लागि प्रयास गर्ने प्रतिबद्धता जनाएका छन्।

नेपाली कांग्रेस जिल्ला कार्य समिति पर्साले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले चिनी मिल सञ्चालनमा ल्याउन विज्ञसहितको छलफलपछि उचित पहलकदमी लिने बताएका हुन्। कार्यक्रममा उपस्थित पर्सावासीले दुई दशकदेखि बन्द रहेको वीरगन्ज चिनी कारखाना सञ्चालनका लागि पहल गरिदिन आग्रह गरेका थिए।

वीरगन्ज चिनी मिलमा बारा, पर्सा र रौतहटका किसानले उखु बिक्री गरी आम्दानी गर्दै आएकोमा मिल बन्द भएपछि तीनै जिल्लाका किसानहरू निराश भएको मन्त्री रिजाललाई स्थानीयले गुनासो गरेका थिए। त्यसपछि उनले मिल सञ्चालनका लागि पहल गर्ने बताएका हुन्।

रुसको आर्थिक सहयोगमा वीरगन्ज चिनी मिल २०२१ मा स्थापना भई सञ्चालनमा आएको थियो। तर, व्यवस्थापकीय लापरबाही र चरम राजनीतिक हस्तक्षेपका कारण सो मिल ०५९ देखि बन्द अवस्थामा छ।