१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १३:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

न्यून आय भएकाहरूका लागि पोखरा महानगरले सय घर बनाइदिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १३:३६:oo

न्यून आय भएकाहरूका लागि पोखरा महानगरपालिकाले सय घर निर्माण गर्ने भएको छ। पोखरा महानगरपालिकाले लुमन्ती आवासको लागि सहयोग समूह र कामना सेवा विकास बैंक लिमिटेडसँग मिलेर घर बनाउन लागेको हो।

महानगरपालिका क्षेत्रभित्र रहेका आफ्नो निजी सुरक्षित आवासको व्यवस्था नभएका सँगै न्यून आय भएका मानिहरूलाई लक्षित गरी निर्माण गर्न लागिएको घरका लागि महानगरपालिका, लुमन्ती र कामना सेवाबीच त्रिपक्षीय सम्झौता भएको छ। सम्झौतापत्रमा महानगरपालिकाका प्रमुख धनराज आचार्य, लुमन्तीका कार्यकारी निर्देशक लजना मानन्धर र कामनाका प्रमुख कार्यकारी अधिकृत विनय दाहालले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार आउँदो १ वर्षभित्र ती घरनिर्माण सम्पन्न गरिनेछ। घरका लागि महानगरपालिकाले मापदण्ड तयार गर्ने र सोहीअनुसार सिफारिस भएकाहरूलाई कामनाले नयाँ घर निर्माण तथा मर्मत सुधारका लागि वार्षिक ९.९९ प्रतिशत ब्याजदरमा अधिकतम सात लाखसम्म न्यून लागत आवास कर्जा दिनेछ।

लाभग्राहीले पाउने कर्जामध्ये लुमन्तीले ४०, महानगरपालिकाले १० र कामनाले ५० प्रतिशत लगानी गर्नेछ। कर्जा रकममा कामनाले अन्य सेवा शुल्क लिन पाउने छैन। लिएको कर्जा सात वर्षभित्र मासिक ११ हजार ६१७ का दरले ८४ किस्तामा तिर्नुपर्नेछ। न्यून आय भएका व्यक्तिहरूको आवास निर्माण तथा आय आर्जनका लागि सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराई उनीहरूको आर्थिक स्तर वृद्धि गर्ने उद्देश्यसमेत यस कार्यक्रमको रहेको छ।

पोखरामा यसअघि महानगरपालिका, लुमन्ती र कामनाको सहयोगमा एक हजार ३७ घर निर्माण तथा मर्मत, ४५ वटा बाँसको घर र गन्धर्व बस्तीमा ६ वटा नयाँ गरी एक हजार ८८ घरहरू निर्माण गरिसकेको लुमन्तीका कार्यकारी अधिकृत मानन्धरले जानकारी दिइन्। कम लागतमा भूकम्प प्रतिरोधात्मक घरहरू निर्माण गरी गरिबी न्यूनीकरणमा सहयोग पुर्याउने परियोजनाको उद्देश्य रहेको छ।
 

ad
ad