१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार ११:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

केएल दुगडका प्रबन्ध निर्देशक कुमुद दुगड सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:५५:oo

केएल दुगड समूहका प्रबन्ध निर्देशक कुमुद दुगड सम्मानित भएका छन् । निर्देशक दुगडलाई राष्ट्रपति रामचन्द्र पौडेलले ‘प्रबल जनसेवाश्री’ मानपदवीबाट विभूषित गरेका हुन् । 

देशको समग्र औद्योगिक तथा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप उद्योगी तथा समाजसेवी दुगडलाई उक्त मानपदवी प्रदान गरिएको केएल दुगड समूहले जनाएको छ । दुगडको अग्रसरतामा कृषिलाई व्यवसायीकरण र औद्योगिकीकरण गर्नेतर्फ कृषकलाई अभिप्रेरित गरी कृषिजन्य उद्योग–व्यवसायमा विशिष्ट योगदान पुर्‍याउँदै आएको जनाइएको छ ।

त्यस्तै, उपभोक्ताको स्वास्थ्य सुरक्षाको हकहित र अधिकारको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै स्थानीय कच्चा पदार्थमा आधारित उद्योग तथा कृषिजन्य उद्योग–व्यवसायको विकास गर्दै आएको समूहको दाबी छ । 

ad
ad