मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख ४ सोमबार ११:२६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिङ नेपाली बजारमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख ४ सोमबार ११:२६:००

यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिङ बिक्री सुरु गरेको छ । कम्पनीले गति र शक्तिको सम्मिश्रण रहेको विशिष्ट र स्लिक एरोडायनामिक स्पोर्टी डिजाइनका साथ निर्माण गरिएको एरोक्स १५५ बिक्री सुरु गरेको हो । 

यो स्कुटरको प्रदर्शन, शैली र सवारी अनुभवका लागि यसले नयाँ मानक सिर्जना गर्ने कम्पनीले जनाएको छ । यसमा रहेको लिक्विड कुल्ड इन्जिनले एक सय २० किमि प्रतिघन्टाको उच्च गति भएको नेपालको सबैभन्दा छिटो स्कूटर बनाएको कम्पनीको दाबी छ । यसको १५५ सिसीको ‘आर’ डिएनए इन्जिनले १५ पिएस पावर दिने कम्पनीको भनाइ छ । अगाडिका एलइडी हेडलाइटले रात्रि समयमा पनि उत्कृष्ट भिजिबिलिटी प्रदान गर्ने तथा पछाडिको टेल लाइटमा बाह्र कम्प्याक्ट एलइडी रहेकाले बाइकको सौन्दर्यमा आधुनिकताको स्पर्श थप्दै थ्रिडीको आवरण दिने उल्लेख छ ।  

यसको ५.८ इन्च एलसिडी इन्स्ट्रुमेन्ट स्क्रिनले स्पिडोमिटर, आरपिएम र भिभिए सूचकहरू प्रदर्शन गर्ने हुनाले सवारहरूलाई सडकमा हुँदा महत्वपूर्ण जानकारी ट्र्याक गर्न सजिलो हुने कम्पनीको दाबी छ । स्कुटरमा जडान गरिएको यामाहा वाई–कनेक्टले सवारको स्मार्ट फोनमा सम्बन्धित एपमार्फत जडान गर्न सकिने जनाइएको छ । यसले सवारहरूलाई मर्मतको समय, खराबीका सूचनाहरू, माइलेज, ब्याट्रीको स्तर र पार्किङ स्थानजस्ता कुराहरू ट्र्याक गर्न सहज बनाउने कम्पनीको भनाइ छ ।

यामाहा एरोक्स १५५ रेसिङ ब्लू, ग्रे वर्मिलियन, र मेटालिक ब्ल्याक गरी तीन रङमा उपलब्ध रहेको जनाइएको छ । यसको मूल्य चार लाख ७४ हजार नौ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

  बिक्री प्रारम्भको अवसर पारेर एमएडब्लू इन्टरप्राइजेजका सिइओ राजु क्षेत्रीले एरोक्स १५५ नेपालको स्कुटर बजारमा नयाँ मोड भएको बताए । उनले भने, ‘यसले नयाँ र अनुभवी राइडरहरू दुवैका लागि पफर्मेन्स, स्टाइल, राइडिङ एक्सपेरियन्सजस्ता विषयमा नयाँ मापदण्ड स्थापित गरेको छ । यो स्कुटरको शक्तिशाली इन्जिन, अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनका कारण नेपालका दुईपांग्र्रे सवारीसाधनप्रेमीले यसलाई राम्रोसँग स्वीकार गर्नेछन् भन्नेमा म विश्वस्त छु ।’