
रामेछापका सबै स्थानीय तहमा अनियमितता बढ्दै जाँदा बर्सेनि बेरुजुु वृद्धि हुुँदै गएको छ । आर्थिक वर्ष ०७८/७९ मा आठ स्थानीय तहमा मात्रै ३७ करोड ७९ लाख सात हजार रुपैयाँ बेरुजुु पुुगेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।
दुई नगरपालिका र ६ गाउँपालिकामध्ये सबैभन्दा बढी बेरुजु खाँडादेवी गाउँपालिकामा छ । आव ०७८/७९ मा नौ करोड २९ लाख १३ हजार रुपैयाँ बेरुजुु देखिएको छ । आव ०७७/७८ मा खाँडादेवी गाउँपालिकाको बेरुजुु पाँच करोड ६७ लाख चार हजार रुपैयाँ थियो । यस वर्ष करिब चार करोड रुपैयाँ बेरुजुु बढेको हो ।
सबैभन्दा कम बेरुजुु रामेछाप नगरपालिकामा छ । नगरपालिकाको चालू आवमा ७२ लाख ८३ हजार रुपैयाँ बेरुजुु रकम छ । रामेछाप नगरपालिकाको आव ०७७/७८ मा एक करोड ५१ दाख ६० हजार रुपैयाँ बेरुजु थियो । गोकुलगंगा गाउँपालिकामा पनि बेरुजुु रकम बढेको छ ।
गत चालू आव ०७८/७९ मा पाँच करोड ६९ लाख ३१ हजार रुपैयाँ पुुगेको हो । अघिल्लो आव ०७७/७८ मा चार करोड ४६ लाख ५८ हजार रुपैयाँ थियो । लिखुु तामाकोसी गाउँपालिकामा पनि बेरुजु बढेको छ । आव ०७७/७८ मा चार करोेड १७ लाख ४० हजार रुपैयाँ बेरुजुु रहेको पालिकामा आव ०७८/७९ मा चार करोड ९३ लाख आठ हजार रुपैयाँ पुुगेको हो ।
सुनापति गाउँपालिकामा आव ०७७/७८ मा ६७ लाख ८५ हजार रुपैयाँ मात्रै रहेकोमा गत आव ०७८/७९ मा चार करोड ७९ लाख ४५ हजार रुपैयाँ पुुगेको छ । दोरम्बा शैलुुङ गाउँपालिकामा आव ०७७/७८ मा एक करोड ७४ लाख ३२ हजार रहेकोमा गत आव ०७८/७९ मा चार करोड ६६ लाख ७८ हजार रुपैयाँ पुुगेको छ ।
उमाकुुण्ड गाउँपालिकामा आव ०७८/७९ मा दुई करोड ४७ लाख ९१ हजार रुपैयाँ पुुगेको छ । मन्थली नगरपालिकाको गत आव ०७७/७८ मा तीन करोड ४३ लाख ६० हजार रुपैयाँ रहेकोमा आव ०७८/७९ मा पाँच करोड २० लाख ५८ हजार रुपैयाँ पुुगेको छ ।