१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १९:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

खुर्पा प्रहार गरी आमाको हत्या गर्ने छोरा पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १९:o७:oo

काभ्रेमा धारिलो हतियार खुर्पा प्रहार गरी ५४ वर्षीय छोराले ९४ वर्षीया आमाको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार पनौती नगरपालिका– ११ बल्थलीका विश्वबन्धु थापाले आमा कान्छीमाया थापाको टाउकोमा खुर्पा प्रहार गरी हत्या गरेका हुन्।

खुर्पा प्रहारपछि घाइते भएकी कान्छीमायाको उपचारका लागि शिर मेमोरियल अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए।

खुर्पा प्रहार गर्ने विश्वबन्धुलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ। शव पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
 

ad
ad