Skip This
कोरोनाबाट एकको मृत्यु, १२१ जनामा संक्रमण पुष्टि 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २९ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत २९ बुधबार १७:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोरोनाबाट एकको मृत्यु, १२१ जनामा संक्रमण पुष्टि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत २९ बुधबार १७:१६:oo

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ। यो अवधिमा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आज दुई हजार तीन सय ७७ जनामा गरिएको परीक्षणमा १२१ जनामा संक्रमण देखिएको हो। आज ८१ जना उपचारपछि घर फर्किएका छन्।

मन्त्रालयले अझै केही दिनसम्म संक्रमण बढ्ने जनाएको छ। हाल चार सय ४५ जना सक्रिय संक्रमित छन्। नेपालमा छिमेकी देश भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबिबी १.१६ देखा परेको छ।