१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत २९ बुधबार ०६:३०:००
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

‘मेलिनाको डायरी’ विमोचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत २९ बुधबार ०६:३०:००

साहित्यकार हरिसिंह थापाको कथासंग्रह ‘मेलिनाको डायरी’को विमोचन गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा भाषा आयोगका अध्यक्ष तथा वरिष्ठ भाषाविद् डा. गोपाल ठाकुरले कथासंग्रह विमोचन गरेका हुन् । 

थापाको यो ११औँ कृति हो । नेपाली साहित्य विकास परिषद् युकेको नेपाल च्याप्टरकी सचिव डा. रेणुका थापाले कृतिको चर्चा गर्दै थापाको कथासंग्रह महिला मनोभावनालाई बुझेर सरल रूपमा प्रस्तुत गरिएको बताइन् । पुस्तकमा भूमिका लेख्दै नेपाली साहित्य विकास परिषद् युकेका अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लले कथासंग्रहमा प्रेम, प्रणयदेखि प्रवासी पीडासम्म समेटिएको उल्लेख गरेका छन् । 

त्यस्तै, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले कथाहरूमा समकालीन नेपाली जीवन, नारीका समस्या, बिदेसिन बाध्य नेपालीको आवस्था, जातीय छुवाछुत र उत्पीडन, शोषण, अन्धविश्वास, घरेलु हिंसा र पारिवारिक विखण्डनजस्ता विषय समेटिएको  उल्लेख गरे । 

कथासंग्रहमा समेटिएका कथामा सामाजिक मूल्य, मान्यता र आदर्शलाई स्थापित गर्नु लेखकीय अभीष्ट रहेको बताएका छन् । नेपाली साहित्य विकास परिषद् युके,नेपाल च्याप्टरले प्रकाशन गरेको र जम्मा १४ वटा कथा समेटिएको यो संग्रहको नामकरण पहिलो कथाको शीर्षकमा राखिएको छ । कुल एक सय ३४ पेजको यो पुस्तकको मूल्य दुई सय ५० रुपैयाँ तोकिएको छ ।