१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २७ सोमबार
  • Wednesday, 03 July, 2024
मञ्जु टेलर काठमाडाैं
२o७९ चैत २७ सोमबार o६:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

गुणस्तर मापनविना नै प्रयोगमा स्यानिटरी प्याड

Read Time : > 1 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o७९ चैत २७ सोमबार o६:२o:oo

गुणस्तर नभएका प्याड प्रयोग गर्दा महिलामा यौनजन्य संक्रामक रोग फैलिन सक्ने भए पनि सरकारले प्याडको गुणस्तर मापनमा वास्ता नै गरेको छैन । विदेशबाट आयात हुने स्यानिटरी प्याडको गुणस्तर जाँच आवश्यक नभएको भन्दै सीधै भित्र्याइन्छ भने स्वदेशी उत्पादनको हकमा उत्पादक कम्पनीले नै निवेदन दिए मात्रै गुणस्तर मापन गरिन्छ । स्वदेशी उत्पादकले विदेश निर्यात गर्नुपर्ने हकमा (विदेशमा गुणस्तर खोज्ने भएकाले) मात्रै गुणस्तर मापनका लागि निवेदन दिन्छन् ।

‘प्याड अनिवार्य गुणस्तर मापनभित्र पर्दैन । स्वदेशी कम्पनीको हकमा यदि कुनै कम्पनीले नेपाल स्ट्यान्डर्डका लागि निवेदन दिएमा विभागले गुणस्तर मापन गर्छ । तर, प्याड विभागको अनिवार्य गुणस्तर मापनअन्तर्गत भने राखिएको छैन,’ गुणस्तर मापन विभागका प्रवक्ता सञ्जीवकुमार ठाकुरले भने, ‘यसबाहेक, स्थानीय सरकारहरूले आफ्नो आवश्यकता र मापदण्डअनुसार खरिद गर्ने र प्रयोगमा ल्याउन सक्छन् ।’ 

भन्सार विभाग पनि गुणस्तरको चिह्न भएको वा प्रयोगशाला परीक्षण भएर आएका वस्तु आयात गर्दा मात्रै चेकजाँच गर्ने भएकाले प्याड सीधै भित्रिने गरेको जनाउँछ । ‘गुणस्तरको चिह्न भएका वा प्रयोगशाला परीक्षण भएर आयात भएका वस्तुको मात्रै भन्सारमा चेकजाँच हुन्छ,’ भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काले भने, ‘प्याड सीधै आयात हुने गरेको छ ।’ 

पछिल्लो समय सुरक्षित महिनावारीका लागि बजारमा पाइने प्याडको प्रयोग बढे पनि गुणस्तरमा बेवास्ता गर्दा संक्रमणजन्य रोगको जोखिम बढिरहेको चिकित्सकहरूको चिन्ता छ । महिनावारीमा सरसफाइको कमी र रगत सोस्न प्रयोगमा ल्याइने कपडा वा प्याड गुणस्तरहीन हुँदा योनिमा संक्रमण देखिने, समयमै उपचार नहुँदा संक्रमण पाठेघरसम्म फैलिने, सेतो पानी बग्ने र पाठेघरमा समस्या निम्तिँदा प्रजनन स्वास्थ्यमै असर पर्ने प्रसूतिरोग विशेषज्ञ डा. सन्देश पौडेल बताउँछन् । 

‘विशेषगरी सरसफाइको कर्मीका कारण संक्रमण फैलिन्छ, अर्थात् प्याडजन्य वस्तु सुरक्षित नहुँदा यसको असर प्रजनन स्वास्थ्यमा पर्छ,’ उनले भने, ‘पछिल्लो समय स्कुले बालबालिकासमेत योनिमा संक्रमणको समस्या लिएर अस्पतालसम्म पुग्ने गरेका छन् । संक्रमणका कारणमध्ये प्याडजन्य वस्तुको गुणस्तर पनि मुख्य कारण देखिने गरेको छ ।’ 

महिलाको स्वास्थ्यमा प्रत्यक्ष असर गर्न सक्ने भए पनि गुणस्तरमा स्वदेशी र विदेशी कम्पनीले बेवास्ता गरिरहेका छन् । प्याडबारे जनचेतना फैलाउँदै आएका प्याडम्यान नामले परिचित ज्ञान महर्जन नियमन गर्ने निकाय नहुँदा बजारमा मापदण्ड पूरा नभएका प्याड छ्यापछ्याप्ती भेटिने गरेको बताउँछन् । 

स्वदेशमा उत्पादित प्याड निर्यात, महँगोमा आयात
हाल बजारमा झन्डै ७० प्रतिशत आयातित स्यानिटरी प्याड प्रयोग भइरहेको छ । हाल देशभर करिब ४० वटा कम्पनीले स्यानिटरी प्याड उत्पादन गरे पनि विदेशबाट आयातित प्याडको माग घटेको छैन । नेपालमा उत्पादित प्याड भने विदेश निर्यात हुने गरेको छ । नेपाल स्यानिटरी प्याड तथा डाइपर उत्पादक संघका अध्यक्ष डोलराज अधिकारीका अनुसार हाल सञ्चालनमा रहेका उद्योगबाट दैनिक ६७ लाख पिस प्याड उत्पादन हुने भए पनि दैनिक ३० लाखको हाराहारीमा मात्रै खपत हुन्छ ।

 

ad
ad
ad
ad