१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २६ आइतबार
  • Saturday, 29 June, 2024
रासस वासिङ्टन
२o७९ चैत २६ आइतबार १५:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

गोप्य कागजात चुहावटबारे अमेरिकी न्याय मन्त्रालयद्वारा अनुसन्धान सुरु

Read Time : < 1 मिनेट
रासस, वासिङ्टन
नयाँ पत्रिका
२o७९ चैत २६ आइतबार १५:३७:oo

अमेरिकी न्याय मन्त्रालयले शनिबार युक्रेनसँग सम्बन्धित अमेरिकी कागजातहरू लिक भएकोबारे अनुसन्धान सुरु गरेको छ । चुहावट भएका कागजातहरूमा गोप्य खुफिया रिपोर्टहरूसमेत रहेका छन् ।

त्यसैगरी ती कागजातमा युक्रेन–रुस युद्धलगायत अत्यन्त संवेदनशील विश्लेषण पनि रहेको बताइएको छ । मन्त्रालयका प्रवक्ताले एएफपीसँग भने, ‘हामी यस विषयमा रक्षा मन्त्रालयसँग सम्पर्कमा छौँ र अनुसन्धान सुरु गरेका छौँ।’

दर्जनौँ लिक कागजात र स्लाइडहरूको स्थिर ड्रिपले हालैका दिनहरूमा ट्विटर, टेलिग्राम, डिस्कोर्ड र अन्य सामाजिक सञ्जालमा सार्वजनिक गरिएको पाइएको छ । पेन्टागनले शुक्रबार सक्रिय रूपमा यस मामिलाको समीक्षा गरिरहेको बताएको छ । 

अमेरिकी अधिकारीहरूले वासिङटन पोस्टलाई बताएअनुसार केही कागजातहरू हेरफेर गरिएको देखिन्छ । रक्षा विश्लेषकहरू  गोप्य कागजातहरूको चुहावट अत्यन्त संवेदनशील हुने र मस्कोका लागि मूल्यवान साबित हुने पनि अनुमान गरिएको छ । 

अन्य कागजातमा अमेरिकी सहयोगीको सरकारहरूभित्रको आन्तरिक गोप्य जानकारी रहेको बताइएको छ।

न्युयोर्क टाइम्सका अनुसार कागजातहरूमध्ये युक्रेनमा प्रयोगका लागि संयुक्त राज्य अमेरिकाका तोपखाना गोलाहरू उपलब्ध गराउने कि नगर्ने भन्ने साथै दक्षिण कोरियाको बहसबारे छलफल पनि समावेश छ ।

ad
ad
ad
ad