Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका विराटनगर
२०७९ चैत २६ आइतबार ०९:३५:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नरपथगन्जलाई टी–२० क्रिकेट उपाधि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७९ चैत २६ आइतबार ०९:३५:००

दोस्रो मिल्स क्रिकेट टी–२० क्रिकेट प्रतियोगिताको उपाधि भारत बिहारको राहुल नरपथगन्जले जितेको छ । विराटनगरको जुटमिलको खेलमैदानमा शनिबार भएको फाइनलमा एनबिएससी क्रिकेट क्लब विराटनगरलाई तीन विकेटले हराउँदै नरपथगन्जले उपाधि जितेको हो । जितसँगै नरपथगन्जले एक लाख ११ हजार र उपविजेता विराटनगरले ५१ हजार रुपैयाँ पाएका छन् ।

प्रतियोगितामा एनबिएससी विराटनगरका अनुभव श्रीवास्तव उत्कृष्ट बलर भएका छन् । एनबिएससीका विधान गोस्वामी प्लेयर अफ दी सिरिज भए । उत्कृष्ट खेलाडीले जनही १५ हजार रुपैयाँ पाएका छन् । उदीयमान खेलाडी मिल्स एकेडेमीका अभय कुर्मी हुँदै पाँच हजार पाए । यसैगरी, नरपथगन्जका अभिषेक पाठक उत्कृष्ट ब्याट्सम्यान बनेका छन् । 

एक सय ५८ रनको लक्ष्य
प्रतियोगिताको फाइनलमा विराटनगरले नरपगन्जलाई एक ५८ रनको लक्ष्य दिएको थियो । नरपथगन्जले १८.२ ओभरमा सात विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । नरपथगन्जका भानु आन्दले ३५ बलमा ६३ रनको अर्धशतीय इनिङ्स खेले । उनले ६ छक्का र चार चौक्का प्रहार गरे । उत्कृष्ट प्रदर्शन गर्ने नरपथगन्जका भानु म्यान अफ दी फाइनल पनि घोषित हुँदै ११ हजार रुपैयाँ पाए । नरपथगन्जका विजय भारती ३६ रनमा अविजित रहे । साहिल कुमारले २५ रनको योगदान दिए । विराटनगरका विधान गोस्वामीले ३.२ ओभरमा ३३ रन खर्चेर सर्वाधिक चार विकेट लिए । साकिबुल गनीले दुई विकेट र मोहित कुमारले एक विकेट लिए । 

एनबिएससी १९ ओभरमा अलआउट
यसअघि टस जितेर ब्याटिङ गरेको एनबिएससीले १९ ओभरमा अलआउट हुँदै एक सय ५७ रन बनाएको थियो । विराटनगरका रोहन बिकेले ३५ बलमा ४४ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । प्रशान्त कुमारले २२ रन र विपिन सौरवले २१ रन बनाए । नरपथगन्जका अमन सिंहले दुई विकेट हात पारे ।