नेपाल प्रहरीका चार अधिकृतको अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा र पदस्थापन भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा र पदस्थापनको निर्णय गरेको हो ।
एआइजी सन्दीप भण्डारीलाई मानव स्रोत विकास विभाग, मीरा चौधरीलाई कार्य, टेकबहादुर तामाङलाई अपराध अनुसन्धान र सुदीप गिरीलाई प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको छ ।
एआइजीमा बढुवासँगै प्रहरीमा डिआइजीका १३ पद रिक्त भएका छन् । प्रहरी प्रधान कार्यालयले डिआइजीमा पनि बढुवाको तयारी अघि बढाएको छ ।