१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २४ शुक्रबार
  • Wednesday, 26 June, 2024
२o७९ चैत २४ शुक्रबार o८:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत २४ शुक्रबार o८:१३:oo

परराष्ट्र मन्त्रालय लामो समयसम्म मन्त्रीविहीन हुनुले के संकेत गर्छ ?
विभागीय मन्त्री नियुक्त नभएको अवस्थामा सम्बन्धित मन्त्रालयको जिम्मेवारी स्वयं प्रधानमन्त्रीले नै सम्हाल्ने परम्परा भएकाले परराष्ट्र मन्त्रालय मन्त्रीविहीन नै छ भन्न चाहिँ मिल्दैन । तर, अन्य मन्त्रालयमा मन्त्री नियुक्त हुँदा परराष्ट्र मन्त्रालयलाई पनि प्राथमिकता दिएर विभागीय मन्त्री नियुक्त गरिदिएको भए कूटनीतिक क्षेत्रमा राम्रो सन्देश जाने थियो । मन्त्रीले गर्नुपर्ने कैयौँ काम हुन्छन् । ‘काउन्टर पार्ट’हरूसँग संवाद गर्नु, द्विपक्षीय सम्बन्धका लागि पहल गर्नु र वैदेशिक मामिलालाई अघि बढाउनु मन्त्रीकै दायित्व हो । त्यसैले, यस्तो महत्वपूर्ण मन्त्रालयलाई लामो समयसम्म नेतृत्वविहीन राख्नु राम्रो हुँदैन । 

कहिले मन्त्री नहुने त कहिले लामो समयसम्म राजदूत खाली रहने अवस्था किन आउँछ ?
गठबन्धनमा कुरा मिलाउन तथा व्यक्तिको विषयमा सहमति जुटाउन मन्त्री पद रिक्त राखिएको होला । कार्यकाल पूरा गरेर या बीचमै फिर्ता बोलाएर राजदूत पद रिक्त भएको अवस्थामा कतिपय राजनीतिक चलखेल र जोडघटाउका कारण ढिलाइ हुने गरेका हुन सक्छ ।

 दलहरूबिच देशको परराष्ट्र नीतिमा ऐक्यबद्धता किन नदेखिएको होला ?
दलहरूले परराष्ट्र नीति बनाए पनि त्यसलाई राष्ट्रिय सहमतिको दस्ताबेज बनाउन सकेका छैनन् । जसले गर्दा सरकार फेरिनासाथ परराष्ट्र मामिलाका प्राथमिकताहरू पनि फेरिने अवस्था छ । यसमा दलहरूका आआफ्ना स्वार्थले काम गरेको हुनुपर्छ । नत्र, जति भइरहेको छ, त्यो सकारात्मक नै छ र त्यसलाई थप व्यवस्थित गर्दै लानुपर्छ ।  

ad
ad
ad
ad