१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २३ बिहीबार
  • Friday, 05 July, 2024
२o७९ चैत २३ बिहीबार १३:५७:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

ताप्लेजुङ औद्योगिक मेलामा घरेलु उत्पादनको आकर्षण [तस्बिरहरू]

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत २३ बिहीबार १३:५७:oo

दोस्रो औद्योगिक कृषि तथा पर्यटन महोत्सव ताप्लेजुङमा मंगलबारबाट सुरु भएको छ। प्रदेशस्तरीय अर्गानिक महोत्सव स्थानीयस्तरमा उत्पादित विभिन्न घरेलु उत्पादनको प्रचारप्रसार तथा प्रवर्द्धनका लागि सुरु गरिएको हो। यो मेला २५ गतेसम्म चल्नेछ। 

स्थानीयस्तरमा उत्पादित कोदो र फापरको पिठोको प्रयोगबाट बनाइएको केक काटेर मेलाको उदघाटन गरिएको छ। तत्कालीन १ नम्बर प्रदेश सरकारका पूर्वउद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङगामले केक काटेर महोत्सवको उद्घघाटन गरे।  

स्थानीय कच्चा पदार्थको प्रयोग गरी घरेलु उद्यमको अभिवृद्धि र उत्पादनको प्रवर्द्धन गर्न तीनै तहका सरकारको योजना प्राथमिकतामा पर्नुपर्ने पूर्वमन्त्री हाङगामले बताए। कोसी प्रदेशका प्रदेश सभा सदस्य खगेनसिंह हाङगामले स्थानीय उत्पादनको प्रवर्द्धन, बजारीकरण र लघु उद्यम सिर्जनामा लगानीका क्षेत्र पहिचान गर्न महोत्सव फलदायी हुने विश्वास लिएको बताए।  

नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारतीका अनुसार मंगलबारबाट सुरु भएको महोत्सवमा ५० वटा स्टलमा विभिन्न स्थानीयस्तरमा उत्पादित वस्तुहरू राखिएका छन्। 

महोत्सवको सहआयोजक घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख युवराज घोर्साईले महोत्सवमा ढाका उद्योगका उत्पादन, बाँसजन्य प्रकृतिका सामग्री, किबीसहितका फलफूलको प्रयोगबाट बनाइएको जुस र वाइन, अलैँचीको दानबाट बनाइएको मसला र अलैँचीको रेसाबाट बनाइएको झोलासहितका घरायसी सामग्री, दुग्धजन्य परिकार, गलैँचा, छुर्पीदेखि गुन्द्रुक र सिन्की प्रजातिका खाद्य परिकार रहेकोसमेत बताए।  

यस्तै, ताप्लेजुङ जिल्लामा रहेका विभिन्न जातीय समुदायको महत्व झल्काउने खाद्य परिकार ढिँडो, कोदोको पीठोबाट बनेको सेल रोटीका स्टलहरू छन्। महोत्सवको पहिलो दिन मंगलबार करिब पाँच हजारले महोत्सवको अवलोकन गरेका थिए। 

घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका सचिव हर्कराज गुरुङले पृथ्वीको उपहारको रूपमा रहेको कञ्चनजंघासहित ताप्लेजुङ र पूर्वी नेपाल झल्कने फोटो प्रदर्शनी औद्योगिक, कृषि, पुस्तक तथा खाद्य परिकार महोत्सवसमेत यो वेला सञ्चालन गरिएको बताए। 
 
डोको र टपरी बुन्ने प्रतियोगिता, डोको क्यारी रन, साहित्यिक उत्सवसहितका कार्यक्रमसहित महोत्सवमा हुने सचिव गुरुङले बताए।  

कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा उपकुलपतिसमेत रहेका गायक तथा संगीतकार शम्भु राई, लोकदोहोरीगायिका प्रीति आले, कुशल कार्यक्रम प्रस्तोता तथा गायक रमेश प्रसाईं, चर्चित गजलकार सुमन स्मारिका, महेश इसारा, गणेश मुखियासहितका कलाकारको प्रस्तुति रहने आयोजक भारतीले बताए। 

 



 

तस्बिर : केशवप्रसाद भट्टराई/नयाँ पत्रिका 


 

ad
ad
ad
ad