मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २२ बुधबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ चैत २२ बुधबार ११:२o:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

ड्रइङ रुममालाइटिङको चयन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ चैत २२ बुधबार ११:२o:oo

ड्रइङ रुमलाई आकर्षक बनाउन लाइटिङमा विशेष ध्यान दिनुपर्छ । आकर्षक डेकोरेटेड लाइटिङका सामग्रीको प्रयोगले सुन्दरता बढाउनुका साथै कोठालाई उज्यालो पनि बनाउँछ । झ्यालबाट प्राकृतिक प्रकाश कम आउने कोठा भएमा लाइटिङको जडानमा विशेष सजगता अपनाउनुपर्छ ।

यस्तो कोठामा सबैभन्दा फोकस लाइटिङमा गर्नुपर्छ । कोठाको आकार तथा उचाइअनुसार उपयुक्त हुने झुमर, ल्याम्प वा अन्य डेकोरेटेड लाइट प्रयोग गर्न सकिन्छ । कोठामा राखिएका तस्बिरमा ट्रेस लाइट तथा डेकोरेटेड लाइट प्रयोग गर्न सकिन्छ । फरक–फरक डिजाइनको बत्ती प्रयोगले नयाँ अनुभूति पनि दिन्छ । 

बैठक कोठामा रङको पनि महत्वपूर्ण भूमिका हुन्छ । हलुका रङ लगाउँदा कोठा उज्यालो तथा ठूलो देखिन्छ । ब्राउन, क्रिमजस्ता डिसेन्ट कलरमा फोकस गर्दा ड्रइङ रुमको महत्व झल्कन्छ । यस्तो कलर लगाउँदा परिवारका सदस्य तथा आएका पाहुनालाई समेत आनन्दको अनुभव दिन्छ । जसले गर्दा मानसिक वा शारीरिक थकान भएकाहरू सो कोठामा आराम गरेर बस्दा उत्साह प्राप्त हुन्छ ।