१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार १o:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कुन प्रदेशमा कति विद्युत् चुहावट ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:१८:oo

अंक र अर्थ

प्राधिकरणका सातवटा प्रादेशिक कार्यालय र दुईवटा प्रदेश डिभिजन कार्यालयमातहतका वितरण केन्द्रहरूमध्ये सबैभन्दा बढी विद्युत् चुहावट रहेको मधेस प्रदेश प्रादेशिक कार्यालय, जनकपुरको चुहावट ११.७८ प्रतिशतमा झरेको छ । प्रादेशिक कार्यालय जनकपुरमातहतका २३ वटा वितरण केन्द्रको गत वर्षको माघसम्मको समग्र विद्युत् चुहावट १२.३० प्रतिशत रहेकोमा यस वर्ष ११.७८ प्रतिशतमा झरेको छ । 

कोसी प्रादेशिक कार्यालय विराटनगरमातहतका २४ वटा वितरण केन्द्रको माघसम्मको समग्र विद्युत् चुहावट भने ८.१७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो चुहावट १० प्रतिशत थियो । बागमती प्रदेशअन्तर्गत प्रदेश डिभिजन कार्यालय हेटौँडामातहतका ६ वटा वितरण केन्द्रहरूको चुहावट भने बढेको छ । गत वर्षको माघसम्म ४.६३ प्रतिशत रहेको त्यहाँको विद्युत् चुहावट अहिले भने ५.९९ प्रतिशत पुगेको हो । 

बागमती प्रदेश प्रादेशिक कार्यालय काठमाडौंमातहतका २० वटा वितरण केन्द्रहरूको समग्र विद्युत् चुहावट ६.२५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष माघ मसान्तसम्म त्यहाँको विद्युत् चुहावट ९.३० प्रतिशत थियो । 

गण्डकी प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय पोखरामातहतका १२ वटा वितरण केन्द्रको चुहावट पनि घटेको छ । गत वर्षको माघसम्म ८.०३ प्रतिशत रहेकोमा त्यहाँको विद्युत् चुहावट चालू आवको समीक्षा अवधिमा ७.२५ प्रतिशतमा झरेको छ । 

लुम्बिनी प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय बुटवलमातहतका ११ वटा वितरण केन्द्रको समग्र विद्युत् चुहावट ६.९६ प्रतिशत रहेको छ । गत आवको समीक्षा अवधिमा त्यहाँको विद्युत् चुहावट १०.१४ प्रतिशत थियो । लुम्बिनी प्रदेशअन्तर्गत प्रदेश डिभिजन कार्यालय नेपालगन्जमातहतका नौवटा वितरण केन्द्रको चुहावट पनि घटेको छ । गत आवको माघसम्म ७.४१ प्रतिशत रहेको त्यहाँको चुहावट चालू आवको समीक्षा अवधिमा ५.०६ प्रतिशतमा झरेको छ । 

कर्णाली प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय सुर्खेतमातहतका सातवटा वितरण केन्द्रको समग्र विद्युत् चुहावट सामान्य रूपमा बढेको छ । गत आवको समीक्षा अवधिमा १५.६९ प्रतिशत रहेको त्यहाँको चुहावट अहिले बढेर १५.७४ प्रतिशत पुगेको छ । सुदूरपश्चिम प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय अत्तरियामातहत १२ वटा वितरण केन्द्रको माघसम्मको समग्र विद्युत् चुहावट ७.१६ प्रतिशतमा झरेको छ । गत आवको समीक्षा अवधिमा चुहावट ७.२७ प्रतिशत थियो ।

ad
ad