१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o७:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

उपनिर्वाचनमा कांग्रेसले उपेन्द्र यादवलाई समर्थन गर्ने, बागीमाथिको कारबाही फुकुवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:३२:oo

कांग्रेसले बारा २ मा सत्तागठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय लिएको छ । गठबन्धनका तर्फबाट चितवन र तनहुँमा भने कांग्रेसले उम्मेदवारी दिएको छ ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ०७९ मा सम्पन्न तीनै तहका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका र त्यस्ता उम्मेदवारका प्रस्तावक वा समर्थक बसेका पार्टीका सदस्यमध्ये तनहुँ, चितवन र बाराको हकमा पार्टीको क्रियाशील सदस्यता निरन्तरतासहित कायम रहने निर्णय गरेको छ ।

कांग्रेसको निर्णयले पूर्वसहमहामन्त्री गोविन्दराज जोशी र चितवनका पूर्वसभापति विकास कोइरालामाथि गरिएको कारबाही फुकुवा भएको छ । जोशी र कोइरालाले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिँदा गरिएको कारबाही फुकुवा भएको हो । ढिला भएको तर सकारात्मक रूपमा लिएको नेता कोइरालाले बताए । जोशीले कांग्रेसको निर्णयलाई ‘चुनावको मुखमा मञ्चन गरिएको चुनावी रणनीति’ भनेका छन् । 

ad
ad