Skip This
सांसद शाहीकाे टिप्पणी- नेपालको संविधान संसारकै घटिया र हरियो डलरको खोस्टो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १७ शुक्रबार
  • Saturday, 27 July, 2024
मुख्य समाचार डिजिटल संस्करण

सांसद शाहीकाे टिप्पणी- नेपालको संविधान संसारकै घटिया र हरियो डलरको खोस्टो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत १७ शुक्रबार १२:o४:oo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीले नेपालको संविधान डलरको खोस्टाे भएको टिप्पणी गरेका छन्। विदेशीको डलर खाएर एनजिओले लेखेको संविधान संसारको सबैभन्दा घटिया भएको प्रतिक्रिया दिए। 

गुल्मीका पत्रकारसँग कुरा गर्दै शाहीले नेपालमा सधैँ अस्थिरता हुने संविधान नेपालका सांसदले थपडी मात्रै लगाएर पारित गरेको बताए। उनले जनताले दिएको सुझाव त्रिशूलीमा फालेर नेपाली माटो सुहाउँदो संविधान नबनाएको आरोप लगाए।

डलर खाएर संविधानमा धर्मनिरपेक्षता लेखेका कारण बद्रीनाथ र केदारनाथसँगैको रुरु क्षेत्र र लुम्बिनी सुक्दै गएको शाहीले बताए। 

दुई कार्यकालमा असफल प्रचण्ड फेरि प्रधानमन्त्री बन्ने प्रवृत्तिका कारण राजनीति अवसरवादीको थलो बनेको बताए।

संसद् भवन झगडा गर्ने थलो मात्रै भएकाले सधैँ सरकार अस्थिर हुँदा केही गर्न खोजेका मन्त्रीले पनि शरीरमा लगाएको कोट फेर्न नपाउने अवस्था नभएको बताए।

उनले देशमा लुटबाहेक केही नभएकोले यो व्यवस्था परिवर्तन आवश्यक रहेको बताए। देशको पहिचानका लागि राजतन्त्र आवश्यक रहेको शाहीले बताए।