मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ चैत १७ शुक्रबार
  • Saturday, 12 July, 2025
२o७९ चैत १७ शुक्रबार ११:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दोस्रोपटक विश्वासको मत लिँदै मुख्यमन्त्री शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत १७ शुक्रबार ११:४४:oo

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज पुनः विश्वासको मत लिँदै छन्। सत्तासाझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन्। 

विश्वासको मतका लागि दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ। कर्णालीमा कांग्रेस सत्ताबाहिर नै छ। एमालेले हालसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन। भने सत्ताबाहिर रहेको कांग्रेसले मत दिने–नदिने टुंग्याएको छैन। 

कांग्रेस प्रदेश कार्यसम्पादन समितिको बैठक शुक्रबार बिहान नौ बजेदेखि जारी छ। प्रदेशको नेतृत्व आफूले पाउनुपर्ने दाबी कांग्रेसले गर्दै आएको छ।