मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १६ बिहीबार १९:०१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसदमा स्वतन्त्र सांसद साहले भने : नैतिक र संस्कृत शिक्षा अनिवार्य गरियोस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १६ बिहीबार १९:०१:००

स्वतन्त्र सांसद किरणकुमार साहले आगामी शैक्षिक सत्रदेखि विद्यालयमा संस्कृत र नैतिक शिक्षा अनिवार्य गर्न माग गरेका छन्। बिहीबार प्रतिनिधिसभामा बोल्दै साहले नयाँ पिँढीले पश्चिमी देशहरूको संस्कृतिको नक्कल गरेको र मौलिक संस्कार बिर्सँदै गएको टिप्पणी गरे। 

‘पहिला हाम्रो शिक्षा प्रणालीमा संस्कृत र नैतिक लागू थियो। त्यसले हाम्रो, संस्कार, संस्कृति एवं मूल्यमान्यताको संरक्षणमा सघाउ पुर्‍याएको थियो,’ सांसद साहले भने, ‘आधुनिक दुनियाँमा पश्चिमी देशहरूको नक्कल गर्दै नयाँ पिँढीले हाम्रो संस्कार, संस्कृति र मूल्यमान्यता कुल्चिँदै गएको अनुभूति हामी सबैलाई भइरहेको छ।’ 

साहले थप भनेका छन्, ‘त्यसकारण, संस्कार, संस्कृति र भेषभूषालाई जोगाइराख्न २०८० को पाठ्यक्रममा संस्कृत र नैतिक शिक्षालाई अनिवार्य रूपमा लागू गर्न म जोडदार माग गर्दछु।’ सांसद साहले प्रतिनिधिसभामा संस्कृत भाषामा शपथ लिएका थिए।