१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १६ बिहीबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १६ बिहीबार १४:३३:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

ललितपुर मेयर्स कप : लगातार तेस्रोपटक उपाधिमाथि एपिएफको कब्जा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १६ बिहीबार १४:३३:oo

ललितपुर मेयर्स कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको  छ। 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइनलमा एपिएफले कोसी प्रदेशलाई  ५४ रनले पराजित गर्दै उपाधि जितेको हो।

एपिएफ लगातार तेस्रोपटक उपाधि जितेको हो। एपिएफले यसअघिका दुई संस्करणमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै उपाधि जितेको थियो। 

आजको खेलमा एपिएफले जितका लागि दिएको एक सय ५५ रनको विजयी लक्ष्य पछ्याएको कोसीले २० ओभर ६ विकेट क्षतिमा एक सय रन मात्रै बनाउन सक्यो। 

कोसीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३५ रन बनाइन भने लकिता राजजंशीले अविजित २१  रन बनाइन्। त्यस्तै, अप्सरी बेगमले १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

एपिएफका लागि विनु बुढामगरले दुई विकेट लिइन् भने  सोनु खड्का, नेरी थापा र रेखा रावलले समान एक–एक विकेट लिए। 

टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा एक विकेट गुमाउँदै एक सय ५४ रन बनाएको थियो । एपिएफका लागि कप्तान सीता रानामगरले अविजित ७९ रन बनाइन भने इन्दु बर्मा ५१ रनमा अविजित रहिन्। 

कोसीका लागि एक मात्र विकेट अलिशा खडियाले लिइन्। प्रतियोगिता यही चैत ९ गतेबाट सुरु भएको थियो।