Read Time : < 1 मिनेट
२०७९ चैत १५ बुधबार १६:२९:००
एकीकृत समाजवादीले सरकारमा सहभागी हुनेबारे प्रधानमन्त्रीकाे जवाफको प्रतीक्षा गर्ने भएको छ।
बुधबार बसेको पार्टीको पदाधिकारी बैठकले आफ्नो दाबी तीनवटा मन्त्रालयमा रहेको र मन्त्रालय प्राप्त नभइसकेको र मन्त्रालय टुंगो पनि नलागेका कारण प्रधानमन्त्रीको उत्तरको प्रतीक्षामा रहेको बताएको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले आफ्नो पार्टीले धेरै त्याग गरिसकेकाले अब आफूले मागेका तीन मन्त्रालयमा आफ्नो पार्टीको अडान रहेको बताए।
पार्टी प्रवक्तासमेत रहेका खतिवडाले आफूले मागेका तीन मन्त्रालय दिए मन्त्रीको नाम दिन आफूहरू तयार भएर बसेको स्पष्ट पारे।