![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/pidit2023-03-28-09-03-52.gif)
सुदखोरबाट ठगिएका पीडितले बालुवाटारमा प्रदर्शन गरेका छन् । गएराति खुलामञ्चको गेटअगाडिको सडकमै रात काटेका पीडितहरू बिहानै बालुवाटार पुगे ।
हातमा मिटरब्याजविरुद्ध कानुन निर्माण गर्, तमसुक व्यवस्था खारेज गर, मिटरव्याजीलाई कारबाही गर् लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरू प्रदर्शनमा सहभागी छन् । बालुवाटार क्षेत्रमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ ।
धनुषा, सिराहा, महोत्तरी, सर्लाहीबाट साहुकारले उठीवास लगाएका पीडितहरू बर्दिबास, पथलैया, हेटौँडा, भीमफेदी, चित्लाङ हुँदै पैदललै काठमाडौं आइपुगेका हुन् । नयाँ पत्रिकाको क्यामेरामा कैद केही तस्बिर :